संजिताले अब सहनु पर्दैन श्रीमानको सास्ती

  फोटोफाइल

जुम्ला ः विश्व अहिले २१ औं शताब्दीमा छ ।मानव अहिले अन्तिरिक्षमा मानव वस्ती बसाउने बारे बहस छलफल चलिरहेको छ । तर गण्तान्त्रिक नेपालमा भने समाज अहिलेपनि जातिय हिंसा,बोक्सिको आरोप,लैङ्गी हिंसाले दिनानु दिन पिडितमात्र होइन ज्यान गुमाउन बाध्य छन् ।सामाजिक संस्कारकै कारणले पिडित र हिंसाका शिकार बनिरहेका छन् ।पिडित र हिंसाका शिकार हुनेमा अधिकांस महिलाहरु छन् ।
त्यस्तै भनिएको हैन महिला दुई राज्यबाट पिडित हुन्छन् । एक राज्यबाट अर्को पृत्तिसत्तात्मक राज्यबाट ।

नेपालको संविधानमा नै महिलाको अधिकारसम्बन्धी मौलिक हकको व्यवस्था गरेको छ । लैंगिक स्वतन्त्रता, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, रोजगार तथा सामाजिक सुरक्षाका क्षेत्रमा महिलाको अधिकार सुनिश्चित रहने व्यवस्था छ ।
नयाँ मुलुकी ऐन २०७५ ले पनि महिला अधिकार तथा लैंगिक समानता विषयमा धेरै व्यवस्था गरेको छ । दुरदराजका गाउँबस्ती हेर्ने हो भने लाग्छ यी सबै व्यवस्था कागजमा मात्र सिमिति छन् । व्यवहारमा त महिलाले भोग्ने भनेको अपहेलना पिडा र हिंसा हो ।
महिलाका अधिकारका बारेमा भन्दै राज्यमात्र होइन गैरसरकारी संस्थापनि छन् । तर महिलाका समस्या महिलाले भोग्ने हिंसा जस्ताका त्यस्तै छन ।
नेपालमा अभाव, गरिबी, अशिक्षा लगायत धेरै कुराको बिम्ब बन्छ कर्णाली । कणालीको जुम्ला जिल्ला यी बिम्बबाट अछुतो छैन ।
जुम्ला अहिलेपनि धेरै कुराको बिम्ब बनेको छ । जसमा महिला हिंसाको पनि बिम्ब बन्न थालेको छ । यहाँका अधिकांस महिला घरेलु हिंसाका शिकार बन्छन् ।

कयौ महिलाहरु समाजको लोकलाजको डरले घरेलु हिंसा बाहिर ल्याउदैनन् । केहिले हिंसा सहन नसकेर आत्म हत्या गर्छन् । केहि महिला घरपरिवार र श्रीमानको शारिरीक हिंसाबाट ज्यान गमाउछन् । यसको ज्वलन्त उदारण हुन संजिता तामाङ ।
३२ वषीया संजिता तामाङ ओखलढुङ्खाको बलखु गाबिस , हाल सुनकोषि गाउँपालिक २ माइतीघर हो । उनले जुम्ला चन्दननाथ नगरपालिका दशगैरागाउँका क्षेत्रबहादुर खत्रीसंग विवाह बिहे गरेर आएकी हुन् । तामाङ खत्रीको तेस्रो श्रीमती हुन् ।
उनी बाट जन्मेका अन्दाजी ४ वर्षकी छोरी र साढे दुइवर्षका छोरा छन ।

तामाङ चन्दननाथनगरपालिका ५ स्थित जुगाड खोला नजिकै काठको टहरामा श्रीमान खत्रीसंगै खाजा पसल गर्दै आइरहेकी थिइन ।
संजिता तामाङलाई उनका श्रीमान क्षेत्र बहादुरले राती कुटपीट गरेर घाइते बनाए । जुन हल्ला बजारमा पनि पुग्यो । ११ गते राती श्रीमानको कुटाइबाट घाइते भएकी उनलाई १२ गतेको राती प्रतिष्ठानमा उपचारको लागी कुटपिट गर्ने श्रीमान र स्थानीय एक महिलाले उपचारका लागि ल्याए ।
श्रीमानले बियरको बोत्तलले हिर्काउदा घाइते भएको भन्ने हल्ला भयो । वेहोस अस्थामा रहेकी तामाङलाई प्रतिष्ठानको एकद्धार संकट प्रर्णाली (ओसीएमसी) मार्फत आइसियुमा राखेर उपचार गरेको डाक्टर.रबिन खातुनले.बताए ।
उनको स्वास्थ्यमा सुधार नआएपछि जुम्लाबाट १५ दिनपछि नेपालगञ्जमा रहेको भेरी अस्पतालको ओसिएमसीमा रिफर गरेको (ओसीएमसी सदस्य भिमु गुरुङले बताइन । उनी १५ दिनसम्म ब्यहोस रहेको गुरुङले बताइन् ।

हल्ला सिसाको बोत्तलले होनेको भन्ने थियो । उनका श्रीमान खत्रीले भने लडेर चोटलागेको बताएका थिए । तर उनका श्रीमानले लडेर चोटलागेको बताए पनि उनीहरु बस्ने काठको एकतले सानो टहरा छ त्यहाँ लडेर चोटलाग्ने अवस्था नरहेको स्थानीय बताउछन् ।
नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कुटेको एक महिना पछि उनको मुत्यु भएको थियो ।

त्यस्र्तै मृतक संजिताका माइती टाढा रहेकाले पनी उनका श्रीमान बिरुद्ध तत्तकाल उजुरी नपरेको स्थानीयको भनाइ छ । ३२ वषीया संजिता तामाङ क्षेत्र बहादुर खत्रीकी तेस्रो श्रीमति भएको एक स्थानीयले बताए । ती स्थानीयका अनुसार खत्रीकी जेठी श्रीमती कल्पना मल्लबाट दुइ छोरी ठुला छन । उनको माइती घर नेपागञ्ज रहेको स्थानीय बताउछन् । कल्पनाको मुटुमा समस्या थियो । त्यस्सैमाथी श्रीमानले दुइवटा सौता ल्याएको तनावले छिटै मरेको हुन सक्ने स्थानीय बताउछन् ।

त्यस्तै खत्रीले दोस्रो श्रीमतीका रुपमा चन्दानाथ नगरपालिका ४ सिंगाचौरबाट हिरु सार्की नाम गरेकी एक किशोरी ल्याएको बुझिएको छ । दोस्रो श्रीमतीलाई भारतर लगेर मटितेल छर्केर जलाउन खोजेको गाउँका मान्छे बताउछन् । उनी जलाउदै गरेको अबस्था भागेर बाँचन सफल भएको बताइन्छ । उनको शरिरीर र मुखमा समेत अहिले पनि जलेको दागछ ।

खत्रीले दोस्रो श्रीमतीको रुपमा भगाएर सरु सार्कीलाई भगाएको सार्कीकी आमा माया सार्कीले बताइन । उनले भनिन, ‘खत्रीले सहकारीमा जारिर खादै गरेकी मेरी छोरीलाई दोस्रो श्रीमतीको रुपमा लिए । उनकी जेठी श्रीमतीले प्रहरीमा उजुरी गरिन । यो २०७० साल तिरको कुरा हो ।’
पहिले जेठी श्रीमतीका छोरी भएकाले आफ्नी छोरीलाई फकायर घरमै राखेको थिए । खत्रीले जहाँ पाय त्यही कुटपिट गर्ने गतिबिधि नछोडेपनि आफ्नो छोरीलाई भगायर नेपालगञ्ज लगेको र नाकमा लगाइको सुनको फुली समते खत्रीले बेचेर खाएको माया सार्कीले बताइन् । उनले भनिन, ‘फेरी त्यहाँ बाट असारको महिना भारतमा लगे ।

भारतमा मेरो छोरीलाई खाना पकाउनका लागी राखेको स्टबको मटितेल छर्केर आगो लगाएछ । २०७० सालको भदौ ६ गते भएको घटना हो । उनी बिरामी भएको कुरा थाहा पाएपछि यहाँबाट साढे तीन लाख रुपैया लिएर भारत गए । जलेर घाइते भएकी छोरीलाई भारतको गोर्कनेश्वर भन्ने हस्पीटलमा उपचारमा राखीएको थियो ।सात दिन पछि होसमा आइएकी थिइन ।’

हस्पीटलमा करिब ४ महिनाको उपचार पछि कार्तिक २१ गते हवाइजाहज मार्फत जुम्ला ल्याएको उनको आमाले बताइन । छोरीलाई मट्टितेल छर्केर जलाएको कुरा थाहा पाएर पनि खत्रीलाई केही गर्न नसकेकोमा माया सार्की दुखेसो पोख्छन् । उनले भनिन् , ‘उल्टै उसलाई आफनै पैसा खर्च गरेर जुम्ला ल्याए । हामीलाई ठुला जातीले सधै हेप्ने भएकाले केही गर्न सकीएन । जुम्लाको प्रतिष्ठानमा १८ महिना उपचार गराए पछि हिड्न सक्ने भइन । अहिले पनि उनको शरिरीरमा जेलेका दागहरु छन ।’
घाँटीको अप्रेशन फेरी पनि गर्नु छ । अहिले पनि काम गर्न सक्दिनन । नगरपालिकामा उनलाई सहयोगीको रुपमा राखेका आमा माया बताउछिन् ।छोरीलाई जलाउने क्षेत्रबादुर खत्री लगायत उनका कुनै पनि घरपरिवारले वास्ता नगरेपछि छोरीलाई आफु संगै राखेको आमा बताउछिन् ।
खत्री प्रकाउ
३२ वर्षीया श्रीमती संजिताको कुटपीट पछि मृत्यु भएपछि उनका श्रीमान खत्रीलाइ जुम्ला प्रहरीले प्रकाउ गरेको छ । श्रीमानको कुटाईबाट व्यहोस अस्थामा रहेकी तामाङको यहि कार्तिक ११ गते मृत्यु भएको जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए ।
उनले भने, ‘जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकद्धार संकट प्रर्णाली (ओसीएमसी) मार्फत नेपालगञ्जमा रहेको भेरी अस्पतालको ओसिएमसीमा रिफर गरेको थियो । उपचारको क्रममा मृत्यु भएको छ ।’

प्रहरी निरिक्षक जोसीले भने, ‘यहि कार्तिक १४ गते प्रहरीले प्रकाउ गरी हिरासतमा राखेको छ । मृतक संजिताका माइती पक्षका दाजु दिल कुमार तामाङले उजुरी दिएकाले प्रकाउ गरी अनुसन्धान अगाडी बढाइएको छ ।’

मृतकका दाईले कर्तब्य ज्यान सम्बन्धीको उजुरी मेल माफत जुम्ला पठाएका पजानकारी दिए । जुम्ला प्रहरीका अनुसार संजिताको टाउको र शरिरमा गहिरोचोट पटक लागेको थियो । उनको मेडिकल रिपोट पोस्मार्टम रिपोर्ट आउन बाँकी रहेको उनले बताए । संजिताको शब नेपालगञ्जमै उनकी सासु पार्वती खत्रीले बुझेर दाहासंस्कार गरेको प्रहरीले बताएको छ ।

त्यस्तै मृतक संजिताको नेपालगञ्जमा रहेको भेरी अस्पतालको ओसिएमसीमा पठाउनको लागी आर्थिक सहयोग चन्दननाथ नगरपालिकाले गरेको थियो । चन्दनाथ नगरपालिकाकी नगरउपप्रमुख रामदेवी खड्काका अनुसार उनलाई पठाउने र उपचार खर्च सबै प्रतिष्ठानको ओसिएमसीले गरेको बताइन। उनले भनिन, नगरपालिकाले प्रतिष्ठानको ओसिएमसीलाई एकलाख ५० हजार दिने निणर्य गरेको छ ।

 

सम्बन्धित समाचार