पत्रकारलाई गली गर्ने ज्ञानेन्द्र शाही सुर्खेतबाट पक्राउ

 

सुर्खेत । पत्रकारलाई जथाभावी रुपमा समामाजिक संजालमार्फत गाली गर्ने ज्ञानेन्द्र शाहि सुर्खेतबाट पक्राउ परेका छन् ।
भ्रष्टाचार विरुद्धको एक कार्यक्रम सम्पन्न गर्न सुर्खेत आएका जुम्लाका ज्ञानेन्द्र शाहीलाई बुधबार पक्राउ परेका हुन ।
शाहीले गत वैशाख १८ गते आफनो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै भिडियो पोष्ट गरेका थिए । त्यसको २ दिनपछि उनले आप्mनो फेसबुक लाइभमा थप अपशव्द प्रयोग गर्दै पत्रकारलाई भ्रष्टाचारीको मतियार भएको आरोप लगाएका थिए । शाहीविरुद्ध नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेश कन्चन भारती र कर्णाली प्रदेश समितिका अध्यक्ष दुर्गा थापाले प्रहरीमा जाहेरी दिएका थिए ।
शाही पक्राउ परे लगतै साईबर क्राईम अन्तर्गत कारबाहिका लागि काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिप छेत्रीले बताए । शाहीलाई पक्राउ गर्ने क्रममा पाँच जना प्रहरी समेत घाईते भएका छन् ।

सम्बन्धित समाचार