प्रधानमन्त्री बन्ने हल्ला छ नि भन्ने प्रश्नमा रविको जवाफ– चुनावअघिको सहमतिमा अडिग छौँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी अस्थिरताको पक्षमा नरहेको बताएका छन् ।
पाँच दिन लामो भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका लामिछानेले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको नीति, दृष्टिकोण र गतिविधिहरू स्थायित्व र जिम्मेवार राजनीतिक अभ्यासतर्फ उन्मुख रहेको स्पष्ट पारे ।
उनले भने, ‘हामी अस्थिरताको पक्षमा छैनौँ । स्थिरताको पक्षमा छौँ । नेपाली जनताले स्थिरताका लागि हामीलाई मतदान गरेका हुन् । हामीलाई गरेको वाचाप्रति अडिग छौँ ।’
अब तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ? भनेर सञ्चारकर्मीले गरेको प्रश्नमा लामिछानेले जवाफ दिँदै भने, ‘म केही भन्न चाहन्नँ । निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक पढ्न आग्रह गर्न चाहन्छु ।’








