सभामुखको निर्वाचन चैत २२ गते
काठमाडौँ : प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन गर्नेगरी प्रस्ताव गरिएको हो।बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बिहीबार बस्ने पहिलो बैठकबाट नै प्रक्रिया अगाडि बढाउने सहमति भएको जानकारी दिए ।








