वरिष्ठ कलाकार नीर शाह जुम्लामा

जुम्ला : नेपाली चलचित्र तथा कला क्षेत्रका वरिष्ठ कलाकार नीर शाह हाल जुम्लामा रहेका छन्। उहाँको आगमनले यहाँको कला, संस्कृति र मौलिक पहिचानप्रति नयाँ ऊर्जा थपिने छ।

यसै क्रममा उहाँ (आज ) सोमबार जुम्लाको प्रसिद्ध धार्मिक स्थल चन्दनाथ भैरवनाथ मन्दिरमा रहेक साेमबार हुने  आरतीमा सहभागी हुने कार्यक्रम रहेको छ। स्थानीय रूपमा अत्यन्त आस्था र महत्व राख्ने उक्त मन्दिरमा उहाँको उपस्थितिले धार्मिक तथा सांस्कृतिक क्षेत्रप्रति उहाँको सम्मान झल्काएको छ।उहा भ्रमणका क्रममा उहाँले स्थानीय कलाकार, युवा तथा सरोकारवालासँग भेटघाट गर्दै कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका विषयमा छलफल गरिरहनु भएको छ। उहाँले कर्णाली क्षेत्रको मौलिकता जोगाउन सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको छ।

नीर शाहजस्तो अनुभवी कलाकारको जुम्ला भ्रमणले यहाँको सांस्कृतिक विकासमा सकारात्मक प्रभाव पार्ने र स्थानीय प्रतिभालाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

नीर शाह नेपाली फिल्म क्षेत्रमा मात्र नभई साहित्य, निर्देशन र सांस्कृतिक अध्ययनमा समेत योगदान पुर्‍याएका व्यक्तित्वका रूपमा चिनिन्छन्। दशकौँदेखि उहाँले नेपाली भाषा, मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। कर्णाली क्षेत्रका मौलिक परम्परा र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँको उपस्थितिले स्थानीय कलाकारहरूलाई प्रेरणा मिल्नुका साथै कला क्षेत्रमा सक्रिय हुन थप हौसला मिलेको स्थानीयवासीले बताएका छन्।नीर शाहको जुम्ला भ्रमणले कर्णालीको कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार