जुम्लामा क्षयरोग बारे सचेतना दिईदै


जुम्ला ः माइकोबेक्टेरियम ट्युबरक्लोसिस’ नामक किटाणुको संक्रमणबाट लाग्ने सरुवा रोगलाई हामी क्षयरोग भन्छौँ । यसले विशेष रूपमा फोक्सोलाई असर गर्छ । फोक्सो बाहेक अन्य अङ्गहरूमा पनि यो रोग लाग्छ । ८० देखि ८५ प्रतिशत जति फोक्सोको क्षयरोग हुन्छ । शरीरको नङ र कपाल बाहेक जुनसुकै अंगमा पनि क्षयरोग लाग्छ । सबैभन्दा अधिक फोक्सोमा लाग्ने भएकाले श्वासप्रश्वासको माध्यमबाट स्वस्थ मानिसमा कीटाणु सर्दछ ।

क्षयरोग महिलामा भन्दा पुरुषमा बढी मात्रामा देखिने गर्छ । जसमा आर्थिक रूपमा क्रियाशील उमेर समूहका वयस्क मानिस पर्छन् यो भनाइ जन स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णा सापकोटाको हो । उनले हरेक बर्ष २४ मार्चमा मनाउने गरेको क्षयरोग दिवसको पुर्व तयारी स्वरुप जुम्लाका र पत्रकार र सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम गरेका छन। उनका अनुसार संक्रमित व्यक्तिको खकारमा नै पोजिटिभ देखिएको छ भने उसले धेरैमा सार्न सक्छ ।

बुझ्ने भाषामा भन्दा खुल्ला धारो अर्थात् खुल्ला धारामा जति पानी बग्छ, खकारमा पोजिटिभ बिरामीले त्यसरी नै संक्रमण फैलाउने गरेको देखिन्छ । उनले भने, यसको समयमै उपचार गर्न सकेको खण्डमा यस सम्बन्धीका बिरामी पनि निको हुन्छ । जनस्वास्थ्य कार्यालयका अनुसार बिरामीले श्वास फेर्दा निस्कने कणहरु हावामा निस्कने र त्यसको माध्यमबाट अन्य व्यक्तिमा सर्ने गर्दछ । जुन सबैभन्दा पहिला फोक्सोमा जाने र अन्य भागमा पनि फैलिने सम्भावना हुने गरेको देखिन्छ ।

यसको अंगअनुसार लक्षण फरक हुन्छन। यो खकारको परीक्षण गर्दा संक्रमण भएको नभएको पत्ता लगाउन सकिन्छ। त्यस्तै, छाला र हड्डीमा क्षयरोग देखिएको छ भने बायोस्पी गरेर पत्ता लगाउन सकिन्छ। त्यस्तै, अन्य अङ्गमा जस्तै हाड तथा जोर्नीमा क्षयरोग भएमा हाड वा जोर्नी दुख्ने,हाड जोर्नी चलाउन गाह्रो हुने आदि हुन सक्छ ।पेटको क्षयरोग भएको खण्डमा पेट दुख्ने,दिसा पातलो हुने, दुब्लाउँदै जाने, मस्तिष्कमा हुँदा टाउको दुख्ने,बान्ता हुने हुन्छ । त्यसैले अंग अनुसार लक्षण देखापर्दछ ।

त्यस्तै जन स्वास्थ्य सेवा कार्यालय जुम्लाले गरेको अन्तरक्रिया कार्यक्रममा जुम्ला क्षयरोगको लाग्नुको कारण, ईतिहास,रोकथाम तथा उपचारका बिषय नेपाल सरकारको रणनितिका बिषयमा जानकारी गरेको छ ।क्षयरोगमा नेपाल र जिल्लाको स्थिति वारे जानकारी गरे । सापकोटाले प्रस्तुत गरे प्रतिवेदनमा आर्थिक बर्ष २०७८,०८० मा १०६ जना विरामी उपचारका लागि दर्ता भएको जानकारी २०८० साउन देखी फागुन महिना सम्म ५२ जना उपचारका लागि दर्ता भएका छन । क्षयरोगका कारण आर्थिक बर्ष २०७९,०८० मा ३ जना क्षयरोगका बिरामीको मृत्यू भएको छ ।

त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरी नन्द आचार्यले स्वास्थ्यले पहिलो रहेको बताए । यस सम्बन्धी सचेतना कार्यक्रम आबश्यक रहेको छ । उनका अनुसार रोग देख्नेबित्तिकै स्वास्थ्यचौकी, अस्पतालमा गएर जँचाउन आउनका लागी नागरिकलाई सचेत गर्न जरुरी छ । मडिया एकै पटक धेरै मासमा सन्देश दिने निकाय भएकाले पत्रकार संगको यो कार्यक्रम महत्व पुण हुने बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले जनस्वास्थ्यले गरेको कार्यक्रम समय सान्दर्भिक भएको बताए । उनले जनस्वाथ्यले बिभिन्न रोगको बिषय सुचना प्रचार प्रसारमा जोड दिन आबश्यक छ । उनले भने, तथ्यांकले धेरै विरामी अस्पताल ल्याउन नसकिएको बताए । उनले आगामी दिनमा स्थानीय तहले सबै गाउठाउमा यस्ता कार्यक्रमलाई प्रथामिकता दिन अनुरोध गरे ।त्यस्तै जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले यस पटक २४ मार्च अर्थात आईतवार चैत ११ गते चन्दननाथ नगरपालिका संगको समन्वय गरी र्याली दिवस मनाउने कार्यक्रम तय गरेको बताएको छ ।

 

सम्बन्धित समाचार