जुम्ला : पछिल्लो सममा महिलाहरू‘मेरो शरीर मेरो अधिकार’ भन्न थालेका छन्। आफ्नै भनिएको महिलाको पाठेघर पनि आफ्नो भइसकेको छैन। आफ्नो हुँदो हो त जुम्लाका अधिकांश महिलाहरू पाठेघरको रोगले आक्रान्त हुनु पर्ने अवस्था आउनु पर्ने थिएन ।
महिलाहरूले‘मेरो शरीर मेरो अधिकार’भन्न थालेको धेरै भयो। जहाँ जति लेखिए पनि, जति बोलिए पनि महिलाले आफ्नो जीवनको बारेमा आफै निर्णय गर्न पाउदैनन्। अहिले पनि महिलाको निर्णय’अरू’ले गर्छन्। विवाह नहुँदासम्म आमा बुबा र दाजुभाइ, विवाह भएपछि श्रीमान,ससुरा सासु जेठाजुको निर्णयमा महिलाको दैनिकी चल्छ ।
छोराको आशमा परिवार र श्रीमानको दवाबले भ्रूण पहिचान गर्ने प्रवृति गाउँ गाउँ पुगेको छ। भ्रूणमा नै छोरी भएमा पटक पटक गर्भपतन डरलाग्दो रूपमा देखिएको छ। महिलाको इच्छा नहुँदा पनि घरपरिवार र श्रीमानको दबाबमा गर्भपतन गर्न बाध्य छन्। जसले गर्दा महिलाको पाठेघरमा असर पर्नेमात्र होइन क्यान्सर जस्तो बिमारी हुने गरेको अध्ययनले देखाएको छ। धेरै बच्चा जन्माउँदा सुत्केरी भएको समयमा पोसिलो खानेकुरा अभावले पाठेघर खस्ने समस्या विकराल बनेको छ।
त्यस्तै गर्भपतन भुसको आगो जस्तै फैलिएको छ। पटक–पटक गरिने गर्भपतनले महिलाको पाठेघरमा विभिन्न बिरामीमध्ये पाठेघर खस्ने समस्या सबै भन्दा बढी देखिएको छ। जसले गर्दा महिलालाई एकातिर मानसिक तनाब हुन्छ भने अर्को तिर शारीरिक समस्या। महिलाहरूमा देखिने पाठेघरका प्रमुख । समस्या मध्य पटक–पटकको गर्भपतन रहेको चिकित्सकहरू बताउदै आएका छन।
त्यस्तै जुम्लाको सिँजा गाउँपालिकामा पाठ्यघर सम्वन्धी एक दिने शिविर सम्पन्न गरिएको छ । सिञ्जा क्षेत्रलाई लक्षित गरि आयोजना गरिएको शिविरमा जम्मा २५० जना महिला जाँच गर्न आएका छन् ।
त्यस्तै सिंजा– ३, नराकोट गाउँकी ३५ वर्षीय देवीकन्या चौलागाईं पहिलो पटक डाक्टरसँग जँचाउन पाउँदा खुसी भइन्। उनी डाक्टरलाई देखाएर आफ्ना रोगका बारेमा गुनासो राख्न पाएको बताउछिन । उनको पनी ‘पाठेघरको समस्या थियो । उनले भनिन्, “स्वास्थ्यभन्दा काममा ध्यान दिएर, सानैमा विवाह गरेर, बेलैमा आफ्ना समस्या भन्न नसकेर पाठेघर खस्ने हुँदो रहिछ ।
स्वास्थ्य जाँचसँगै ज्ञान पनि पाएँ । गाउँमै सुविधा पाउँदा म उत्साहित छु । उनका हनुसार घरआँगनमै डाक्टरी सेवा पाएकाले उनका आँखामा हर्षका आँसु बगेका थिए । उनले भनिन्, ‘पहिलोपटक डाक्टरसँग गाउँघरमै जँचाउन पाएँ । तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्याबाट ग्रसित थिएँ । उनीहरुले घरनजिकै यस्तो सेवा पाइएकोमा खुसी व्यक्त गरिन । कम उमेरमै विवाह गर्नु, ठुलो भारी बोक्नु, बेलाबेलामा स्वास्थ्य परीक्षण नगर्नु आदि कारणले आफूहरू अत्यधिक पीडित भएको उनीहरू बताउँछन्। नजिकै स्वास्थ्य संस्था नहुनाले नियमित जाँच गर्न नपाएको स्थानीय महिला बताउँछन् ।
सिजा गाउँपालिकाको आयोजना र पेश नेपाल तथा प्लान नेपालको आर्थिक सहयोग तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको समन्वयमा शिविर सम्पन्न भएको हो । शिविरमा ५ जनालाई रिङ हालिएको र ३ जनालाई शल्यक्रिया गर्नुपर्ने सिजा गाउँपालिका स्वास्थ्य शखाका प्र्रमुख ललित रोकायाले बताए । उनका अनुसास शिविरमा आउने महिलाहरुको परीक्षणले धेरै पाठ्यघरमा जोखिम धेरै भएको पाईएको स्वास्थ्यकर्मीहरु बताउछन् । .कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डाक्टर राजिव शाहका अनुसार सिँजामा परीक्षण गर्दा पाठ्यघर र स्तनको संक्रमण धेरै देखिएको देखिएको छ ।
३ जनालाइ शल्यक्रिया गरिने तथा अन्यलाई थप जाँच गरिने बताए। निर्देशक शाहले सो शिविरमा प्रतिष्ठानका डाक्टर संगिता न्यौपाने सहितको टोली खटिएको बताए ।त्यस्तै सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार दुर्गमका महिलाले आँगनमै स्वास्थ्य परीक्षण गर्न पाएको बताए।त्यस्तै जनस्वास्थ्य कार्यालय जुम्लाका सुरक्षित मातृत्व कार्यक्रम संयोजक मोर्चा शाहीले महिलाले आफ्नो पाठेघरको अवस्थाका बारेमा बेलाबेलामा जान्न जरुरी रहेको बताइन्।