जुम्लामा दादुरा रुबेलाविरुद्धको खोप सञ्चालन हुँदै


जुम्ला: सरकारले आगामी फागुन महिनाबाट देशभर दादुरा रुवेला बिरुद्धको खोप अभियान संचालन गर्ने निर्णय गरेसँगै हिमाली जिल्ला जुम्लामा पनि खोप अभियान संचालनका लागि आवश्यक तयारी थालिएको छ । जुम्लामा यही १३ गते बाट खोप अभियान संचालन हुने गरी जनस्वास्थ्य कार्यालय जुम्लाले तयारी थालेको हो । अभियानका बिषयमा बुधबार जनस्वास्थ्य सेवा कार्यालयले जिल्ला स्तरीय खोप समन्वय समिति तथा संञ्चारकर्मी संग अभिमुखीकरण गोष्ठी गरेको छ ।


जिल्ला समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समिति जुम्लाका कार्यबाहक अध्यक्ष लग्नमाया भण्डारीको अध्यक्षता भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णा सवकोटाले खोपको लक्ष, उद्धेश्य, अवस्था,चुनौती र भावी कार्यदिशाका बारेमा सरोकारवालाहरुलाई जानकारी गराउनु भएको छ । उनका अनुसार सरकारले २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष लिएको खोप छ ।उनले भने, “बालबालिकालाई पूर्ण खोप नलगाउँदा बेलाबेलामा दादुरा रुबेला समुदायमा महामारीको रुपमा देखा पर्दै आएकाले यस पटक पनि नेपाल सरकारीले लक्ष हासिल गर्नका लागी देशभर खोप अभियान चलाएको हो ।
त्यस्तै राष्ट्रिय खोप कार्यक्रम अन्तरगत दादुरा– रुबेला खोप अभियान जुम्लामा सुरु हुन लागेको छ । जुम्लाको चन्दननाथ नगरपालिका, गुठीचौरगाउँपालिका तातोपानी गाउँपालिका र पातारासी गाउँपालिकामा यहि १३ गते बाट खोप दिइने छ । त्यस्तै तिला ,हिमा,सिजा र कनकासुन्दरी गाउँपालिकामा यहि फागुन १९ गतेबाट उक्त खोप दिइने छ ।


जनस्वास्थ्य प्रमुख सावकोटाका अनुसार यो सरुवा रोग हो। उनले भने, ‘ खोप लगाउने दौरानमा कुनै बालबालिकामा स्वास्थ्य समस्या देखिए जिल्ला र पालिकामा खोपबाट हुने अनुचित घटना न्यूनिकरणका लागि एईएफआई टिम गठन गरिने बताए ।उनका अनुसार उक्त टिमले खोप लगाएपछि बालबालिकामा आउने स्वास्थ्य समस्या समाधान गर्न उपचारमा खटिनेछ ।

त्यस्तै जनस्वाथ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईका अनुसार ९ महिना देखि पाँच वर्ष सम्माका दश हजार सात सय जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । जसमा १ सय ६५ वटा खोप केन्द्र रहेका छन भने ९० जना स्वास्थ्य कर्मीले खोप सेवा दिने छन । समुदायमा रोग विरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाई भविष्यमा हुन सक्ने दादुरा रुबेलाको महामारी रोक्न खोप अभियान सुरु गर्न लागिएको हो । खोप सुरक्षित भएकोले ढुक्का भएर लगाउन उनको सुझाव समेत छ ।
त्यस्तै जुम्लाका प्रमख जिल्ला अधिकारी जय कुमार घिमिरेले दादुरा–रुवेला सवभन्दा बढी सङ्क्रामक रोग भएको बताए । उनले यो कार्यक्रम प्रभावकारी बनाउने पहिलो जिम्मेवारी संञ्चारकर्मीको भएकाले प्रचार प्रसार गर्न अनुरोध गरे ।

त्यस्तै समन्वय समितिका कार्यबाहक अध्यक्ष लग्नमाया भण्डारीले ,आफनो क्षेत्रमा बालबालिकाहरुको खोपको अवस्था बुझने जिम्मेवारी हामी सबैको हुने भएकाले कार्यक्रम सफल बनाउन अनुरोध गरिन । उनले यस खोप कार्यक्रम प्रभाबकारी बनाउनका लागी जनप्रतिनिधीहरुमा सेवाको भावना हुन जरुरी रहेको छ। अभिमुखीकरण कार्यक्रममा जिल्ला खोप समन्वय समितिका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी, पत्रकार, रेडक्रस, लगायतको सहभागिता रहेको थियो । जनस्वाथ्य सेवा कार्यालयले दादुरा रुवेला रोग बिरुद्धको राष्ट्रिय खोप अभियान सफल पार्नका लागी सहयोग गर्न सबै सरोकारवालाहरुलाई आब्हान गरेको छ ।

 

सम्बन्धित समाचार