होटलमा बसेर हैन किसानकै खेतबारीमा तालिम दिने पद्धतिको विकास गर्छौः मन्त्री शर्मा


जुम्ला : कर्णाली प्रदेस सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले किसानमूखि तालिम टेवुलमा बसेर हैन किसानको खेतबारीमा गर्ने पद्धतिको बिकास गर्ने बताएका छन । उनले कर्णाली प्रदेश सरकार कृषि तथा पशुपंछी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतको आयोजनामा गरिएको ६ दिने प्रदेश स्तरीय सुन्तलाजात फलफुल खेती सम्बन्धीको तालिममा यस्तो बताएका हुन । उनका अनुसार प्रदेश स्तरीय सुन्तला व्यवसायीहरुलाई सुन्तलाजात ह्रास रोग( सिट्रस डिक्सलाइन )व्यवस्थापन तथा खेती प्रविधि तालिमको गरिएको छ ।

मन्त्री शर्माले किसान मुखी हुने सबै तालिम होटलको टेवलुमा बसेर प्रभावकारी नहुने भएकोले किसानको खेतबारीमा बसेर गरिनु पर्ने पद्धतिको सुरुवात सल्यान जिल्लावाट गरिएको बताए । मन्त्री शर्माले किसानलाइ अनुदान हैन प्राविधिक सहयोग चाहिएको छ । उनले भने,‘ किसानले परम्परागत रुपमा सुन्तलाजात फलफुल व्यवसायी गरेका पाइएको छ । उनले थपे,‘पछिल्लो समयमा किसानको सुन्तलाजात फलफुल व्यवसायमा बिभिन्न रोगको संक्रमण हुने समस्या बढेको गुनासो आइरहेको छ । किसानको कृषि क्षेत्रमा देखीएको समस्या समाधान गर्नका लागी प्रदेश सरकारले सचेतना सम्बनधीका तालिम खेतबारीमै सञ्चालन गर्ने भएको हो ।

यसकारण पहिलो पटक सल्यान जिल्लाको बागचौर नगरपालिबा वडा नं ३ खालीमा प्रदेश स्तरिय सुन्तलाजात ह्रास रोग( सिट्रस डिक्सलाइन )व्यवस्थापन तथा खेती प्रविधि तालिम भएको छ । मन्त्री शर्माले प्रदेश सरकारले किसानको कृषि तथा पशुधन सुरक्षा गर्ने जिम्मेवारी लिएको तर किसान अनुदानमुखि मात्रै नभै ब्यवसायीमखी हुनु पर्ने बताएका छन । उनका अनुसार अहिले किसानको अनुभव सैद्धान्तिक ज्ञान भन्दा फरक छ तर किसानको व्यवसाय सफल बनाउन व्यवाहारिक ज्ञान र प्राविधिक ज्ञानको आवश्यक्ता भएकोले प्रदेश सरकारले किसानको खेतबारीमा विज्ञसहितको टोलीबाट तालिम दिन सुरू हो ।

त्यस्तै कर्णाली प्रदेशले किसानमूखि तालिम होटेलको टेवुलमा बसेर गर्ने पद्धितिको अन्त्य अबका दिन बाट भएको दाबी छ । कर्णालीमा कृषि र पशुक्षेत्रको बिकासका लागि स्याउ खेती प्रवर्द्धन तालिम जुम्लामा र चौरी प्रवर्द्धन तालिम डोल्पाका किसानको बारी र गोठमा पुगेर प्रदेश सरकारले तालिम सञ्चालन गर्ने बताए । सुन्तलाजात ह्रास रोग (सिट्रस डिक्लाइन) व्यबस्थापन तथा खेती प्रबिधी सम्बन्धी तालिममा कर्णालट्ठ प्रदेशका ५ जिल्लाका २६ जना किसानको सहभागिता रहेको थियो। जस अनुसार सल्यान १३, रुकुमपश्चिम ४, जाजारकोट ४, दैलेख ४, सुर्खेतबाट १ जनाको सहभागिता रहेको थियो ।


त्यस्तै सहभागी बागचौर ३ खालीका किसान भद्र बहादुर पुनले पहिले काटछाँट तथा मल भिटामिन नर्सरी ब्यबस्थापन गर्न नसेको बताए । उनले परम्परागत तरिकाले ब्यबसाय गर्दा भने जति आम्दानी नहुने र श्रम खेर गएको बताए । उनका अनुसार यस पटकको तालिमले ब्यबसाय गर्नेले झन बढी जोस जाँगर दिलाएको छ । यो तालिमबाट मसंग भएको अनुभव प्राविधिक ज्ञानको झन बढी विकास गर्ने अवसर प्रदेश सकारले दिएको छ। अव सुन्तालाजात फलफुल ब्यबसायको सुधार गर्न मल हाल्ने, काट्छाट गर्दा कस्तो हागाहरु राख्ने हटाउने भिटामिन कति कति समयमा राख्ने भन्ने बारेमा राम्रो ज्ञान प्राप्त भएको छ । यसबाट बिषादी र शुक्ष्म पोषणतत्व प्रयोग गर्ने तरीका बारेमा ज्ञान हासिल गरेकोले ब्यवसाय सुधार हुने बताए ।

त्यस्तै सल्यान जिल्लाका आम किसानको समस्या , ह्रास रोग (सिट्रस डिक्लाइनबाट कसरी जोगाउनेमा चिन्ता र चासो छ । गुणस्तरीय बीउ, बिरुवा उपल्ब्ध हुने भएकाले सल्यान जिल्लामा सुन्तलाजातको विरुवामा अनिवार्य एऋच् जाँच गर्ने नर्सरी विकास गरी विरुवा बितरण गर्न म

सम्बन्धित समाचार