जुम्ला : बजेट मुलुकको आय÷व्यय निर्धारण गर्ने माध्यम हो। मुलुकमा जति पनि विकास निर्माणका काम हुन्छन्, बजेटमा उल्लेख भएअनुसार नै हुन्छन् ।यस अर्थमा बजेट मुलुकको आर्थिक पाटो सन्तुलनमा राख्ने हिसावले निकै महत्वपूर्ण मानिदै आएको छ । तर विडम्बना, जुम्लाको कुनै पनी पालिकामा लैगिंक मैत्री बजेट छैन ।
सर्वोदय नेपाल जुम्लाले महिलाको आयआर्जन र नेतृत्व बिकासमा क्षेत्रमा काम गर्दै आएको छ । जुम्लामा महिलाले केही गर्न सक्दैनन् भन्ने मान्यता अहिले पनि जारी छ । महिला तथा बालवालिका शाखालाई बजेट न्युन बिनियोजित गरिन्छ । संघियता पछि स्थानीतहमा महिला सहभागीता बढेपनि महिलाका समस्या भने समाधान हुन सकेका छैनन ।
सबै पालिकामा उपप्रमुख महिलानै छन । कार्यापालिका सदस्यमा पनी महिला छन । पालिका भित्रै महिला तथा बालिकालिका शाखा पनी छ ।संख्यागत हिसाबमा महिलाको सहभागीता बाक्लिएको देखिन्छ । तर बजेट छुट्याउने ठाउमा उनीहरुको पहुच नपुगेको देखिन्छ ।
नेपाल सरकारले नै आफैँले घोषणा गरी लागु गर्नुपर्ने महसुस गरेको लैंगिक उत्तरदायी बजेटको अवधारणा मात्रै स्थानीयतहले हुबहु कार्यान्वयनमा ल्याउने हो भने पनि बजेट महिलामैत्री भएन भन्नुपर्ने अवस्था अन्त्य हुने देखिन्छ ।
त्यस्तै यस पटक सर्वोदय नेपाल जुम्ला नामक गैरसरकारी संस्थाले जुम्लाका सबै स्थानीयतहमा कार्यारक्त महिला तथा बालबालिका शाखाका प्रमुख ,पालिकाका उपाध्यक्षहरु बिच लैगिंक समानता तथा लैंगिक मैत्री बजेट निमार्णका समस्या र चुनौतीका बिषयमा दुई दिने क्षामता अभिबृद्धी कार्यक्रम गरेको छ । निति तथा कार्यक्रममा सुन्दा धेरै सुन्दर पक्ष लाग्छ ।तर बजेट कायन्वय महिला केन्द्रित हुदैन ।
जुम्लाका आठ स्थानीय तहको महिला शाखाको बजेट यस्तो छ
त्यस्तै त्यो कार्यक्रमा सहभागी भएका महिला तथा बालवालिका शाखाकामा कार्यारक्त कर्मचारीहरुले पालिकाले नै महिलाको लागी बजेट छुट्याउन कन्जुसाई गरेको बताएका छन । त्यस्तै पातारासी गाउँपालिकाले महिला तथा बालवालिका शाखाको लागी भनेर यस पटक ६ लाख बजेट बिनियोजित गरेको छ ।
त्यस्तै गुठी चौर गाउँपालिकाले ५ लाख ,तातोपानीले ७ लाख चन्दननाथ नगरपालिकाले १५लाख हजार, सिजाले २ लाख ५० हजार,कनका सुन्दरीले ४ लाख, तिला गाउँपालिकाले ५ लाख र हिमा गाउँपालिकाले बजेट नै नछुटाएको पाइएको छ ।
त्यस्तै तिलागाउँ पालिकाका उपाध्यक्ष गोरीकला बुढाले महिला केन्द्रित व्यवसाय आदि शीर्षकमा कार्यक्रम तथा बजेट व्यवस्था गर्न खोजेका हुन्छौँ ।तर हाम्रो कुरा सुनाइ हुदैन । हामी जनप्रतिनिधि भएको भएपनि बजेट महिला मैत्री गर्न नसकीएको हो ।जसले महिला सशक्तीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्भावना थियो । तर बजेटले यो सम्भावनालाई पछाडि नै छाडेको छ ।
त्यस्तै पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले भनिन, कुनैबेला थियो, महिलाले केही गर्न सक्दैनन् भन्ने मान्यता थियो ।अहिले पनी चेन्ज हुन सकेको अवस्था छैन ।उनले भनिन,‘हामी महिला जनप्रीतनिधिहरु सबै साझा मुद्दाका लागी एक जुट हुन जरुरी छ ।महिला आर्यआर्जनका लागी स्थानीय सरकारले आधा भन्दा बढीको संख्यामा रहेका महिलालाई बजेट मार्फत विशेष सम्बोधन गर्नु पर्ने आबश्यकता छ । त्यो हुन सकेको छैन ।
त्यस्तै सर्वोदय नेपाल जुम्लाका अध्यक्ष नारायणी चौलागाईले लैङ्गिक समानता दिगो विकासको लागि एक महत्वपूर्ण आधार भएको बताइन ।उनले भनिन,‘हामी सबैले महिलाका बालवालिकाहरुका सझा मुद्दाको लागी लैंगिक उत्तरदायी बजेटको बिनियोजित हुन जरुरी छ ।
त्यस्तै सर्वोदयका कार्यकारी निर्देशक कमल खत्रीले ग्रामिण समुदायका महिलाहरूमा लैङ्गिक असमानता बढ्दै गएको बताए ।उनका अनुसार पालिकाका महिला तथा बालबालिकाका शाखाले अहिले सम्म कार्यविधि बनाउन सकेका छैनन ।यसका कारणले सामाजिक क्षेत्रका मुद्दा ओझेलमा परेका छन । उनले भने, महिलालाई मुल प्रभाहामा ल्याउनका लागी गाउँपालिकानै लाग्नु पर्ने देखिन्छ ।