एन्टिबायोटिक औषधीको दुरुपयोग रोक्न ३ जिल्लाका पत्रकारलाई सचेतना

जुम्ला : एन्टिबायोटिकको दुरुपयोग रोक्न तिन जल्लिाका पत्रकारलाई सचेतना दिइएको छ। चिकित्सकको सल्लाहबिना नै बिरामीले आफैँ वा औषधि पसलबाट किनेर एन्टिमाइक्रोबियल औषधि प्रयोग गर्दा पर्ने असरको बारेमा कालिकोट, जुम्ला र मुगुका गरी तिन जिल्लाका पत्रकारलाई सचेतना दिइएको हो ।

एन्टिबायोटिकको अनुचित र अत्यधिक प्रयोगले विश्वभरि ठूलो समस्या देखा परेको पाइन्छ । यसलाई रोकथाम गर्ने समुदायस्तरमा पुर्याउने उद्देश्यले पत्रकारलाई एन्टिमाईक्रोवियल रेजिस्टेन्स सम्बन्धि सचेतना कार्याक्रम दिइएको छ ,।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना तथा अमेरिकी सहयोग नियोग, युएसएआईडीको सहयोगमा जुम्लाको सदरमुकाम खलङ्गामा भएको एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) संवेदनशीलता कार्यक्रममा जुम्ला, कालिकोट मुगु जिल्लाका पत्रकार तथा सञ्चारकर्मीलाई सचेतना सम्बन्धी प्रशिक्षण दिइएको युएसएआईडीका मेडिसिन टेक्नोलोजिज एण्ड फार्मसेउटिकल सर्भिस कार्यक्रमका वरिष्ठ प्राविधिक सल्लाहकार डा. सन्तोष दुलालले बताए । उनले भने,‘पत्रकारहरूलाई एन्टिमाइक्रोबियल प्रतिरोध, विशेष गरी एन्टिबायोटिक प्रतिरोध, दरहरू सुस्त बनाउन प्रयास र हस्तक्षेपहरू प्रवर्द्धन गर्न उनीहरूको आफ्नै भूमिका बुझ्न मद्दत गर्ने उक्त कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ । उनका अनुसार सबै संक्रमणका लागि एन्टिबायोटिकले काम गर्दैनन् र जथाभावी तिनको प्रयोग गरेमा हानि बढी हुन सक्छ। यो कुरा जनसाधारणलाई थाहा नभएकाले जाँचबुझ नगराई तथा रोग नै पत्ता नलगाई यस्ता औषधिको सेवन गर्ने प्रवृत्ति व्यापक देखिन्छ ।


डाक्टर दुलालले उपयुक्त शिक्षाको अभावले तथा आवश्यक जाँचबुझ उपलब्ध नहुनाले पनि धेरै चिकित्सकले आवश्यक नै नभएको बेलामा पनि एन्टिबायोटिक सिफारिस गर्ने गरेको देखिन्छ। यो कार्याक्रमा जुम्लामा रहेर तिन जिल्लाका पत्रकारलाई यो कार्यक्रम दिनको मुख्य लक्ष्य नागरिकहरुको माझमा एन्टिबायोटिकको दुरुपयोगले पार्ने असरको बारेमा जानकारी दिनका लागी गरिएको हो ।उनले भने,एन्टिबायोटिकको अनुचित र अत्यधिक प्रयोगले विश्वभरि ठूलो समस्या देखा परेको छ ।सातवटै प्रदेशमा’एन्टिमाइक्रोबियल’बारे सचेतना कार्यक्रम दिइएको छ।

त्यस्तै, युएसए आइडीका डा. मदन कुमार उपाध्यायले एन्टिमाइक्रोबियल रेजिस्टेन्ससँगको लैङ्गिक असर र एक स्वास्थ्य नीतिको अवधारणाबारे आफ्नो प्रस्तुति राखेका थिए । संस्थाका अर्जुन अधिकारीले एन्टिमाइक्रोबियल रेजिस्टेन्सले पारेको प्रभावका विषयमा खोज पत्रकारिता सम्बन्धीका विषयवस्तु प्रस्तुत गरेका थिए ।

त्यस्तै सचेतना अभिवृद्धिमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहने भन्दै उनले व्यक्ति, समाज र सिङ्गो मुलुकलाई प्रभाव पार्दै गएको एन्टिमाइक्रोबियल रेजिस्टेन्सबारे जनस्तरमा चेतना फैलाउने विश्वास लिए । युएसएआईडीका देशीय परियोजना निर्देशक डा. ब्रिना ट्रयापले एन्टिमाईक्रोबियल रेजिस्टेन्सले पारेको विश्वव्यापी असर र नेपाल जस्ता विकसित देशले भोग्नुपरेका समस्याका बारेमा बताइन । उनले ,यसले मानव जीवन, कृषि, जनावर तथा वातावरणमा असर पारेको बताईन ।उनका अनुसार यसको उजागर गर्न र नागरिकलाई सचेत गराई नीति निर्मातालाई दबाब दिन पत्रकार सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
त्यस्तै एन्टिबायोटिकको प्रयोगले हुने असरबारे कर्णाली प्रदेशका सबै समुदाय स्तरका नागरिकलाई सुसूचित गराउन सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिकालाई ध्यानमा राखेर सचेतना प्रशिक्षण सञ्चालन गरिएको उनको भनाइ थियो ।

त्यस्तै एन्टिबायोटिकको प्रयोग बढ्दो अवस्थामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डाक्टर पूजन रोकायाले बताए । सामान्य बिरामी हुँदाको अवस्थामा पनि चिकित्सक सल्लाह प्रेकिप्सन विना नै एन्टिबायोटिक प्रयोग भएको देखिन्छ । जसका कारण एन्टिमाईक्रोवियल रेजिस्टेन्स घट्दै गएको छ । एन्टिबायोटिक काम गर्न छोड्दै गएको उनको भनाई छ ।

त्यस्तै चन्दननाथ नगरपालिका जुम्लाका मेयर राजुसिंह कठायतले सामान्य स्वास्थ्य समस्यामा पनि एन्टिवायोटिक औषधि डाक्टरको सल्ला बिनानै सेवन गर्ने प्रवृत्ति देखिएको बताए । उनले भने यो कार्यक्रमा जनतामा सुझाव दिनेकाम पत्रकारले गर्ने बताए । उनले यसको बढ्दो प्रयोगलाई निरुत्साहित गर्नका लागि ग्रामीण क्षेत्र सँग सहकार्य गरेर अगाडी बढ्न आवश्यक भएको बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले ब्याक्टेरिया, भाइरस र ढुसीजस्ता सूक्ष्मजीवविरुद्ध प्रयोग गरिने एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफङ्गल औषधिलाई एन्टिमाइक्रोबियल बिषयमा दिइएको यो कार्याक्रम पत्रकारले ज्ञानको रुपमा प्रयोग हुने बताए । उनले भने,चिकित्सकको सल्लाहबिना नै बिरामीले आफैँ वा औषधि पसलबाट किनेर एन्टिमाइक्रोबियल औषधि प्रयोग गर्दा टाइफोइड र औलोजस्ता रोग लाग्दा पनि बिरामीको उपचार गर्न कठिन हुने गरेको छ। उनका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र युएसएआईडीले एन्टिबायोटिक औषधिहरूले पार्ने असरकोको बारेमा पत्रकारलाई फेलोसिपको ब्यवस्था गर्नु पर्ने बताए ।

त्यस्तै पछिल्लो समय जथाभावी एन्टिबायोटिक औषधिको सेवन बढेको कुराहरु आइरहेको छ। यो एकदम गलत कुरा हो। हल्लाको भरमा र कसैले भनेको भरमा यसरी आफूखुसी औषधि खानु हुँदैन।कुनै अवस्थामा कुन जीवाणु (ब्याक्टेरिया) को संक्रमण हो र कुन एन्टिबायोटिक उपयुक्त हुनसक्छ भनेर पिसाबको कल्चर गरेर ब्याक्टेरिया तथा त्यस विरुद्ध काम गर्नसक्ने औषधिको पहिचान गर्नुपर्ने हुनसक्छ। कुनै बिरामी गर्भवती भएको वा कुनै अरु रोग जस्तै मिर्गौला वा कलेजोको रोग आदिका कारण पनि कुनै एन्टिबायोटिक दिन नमिल्ने हुन सक्छ।

त्यस्तो अवस्थामा अरु सामान्य बेला पहिलो प्राथमिकतामा पर्ने एन्टिबायोटिकको साटो अरु उपयुक्त एन्टिबायोटिक छनोट गर्न आबश्यक रहेको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पृथ्वी नाथ यौगीले बताए । उनले भने,रुघाखोकी लाग्दा एन्टिबायोटिकको प्रयोगले लाभभन्दा पनि केवल हानि हुन सक्ने भएकाले तिनको प्रयोग गर्नु नितान्त गलत हो। त्यसैले सामान्य पखालामा पनि एन्टिबायोटिकको प्रयोग अनावश्यक र कतिपय अवस्थामा हानिकारक समेत हुनसक्छ। आवश्यक भएको अवस्थामा पनि अनुपयुक्त एन्टिबायोटिक डाक्टरको सिफारिस र प्रयोग गर्नु पर्ने बताए ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मेलिकल ल्याप टोक्नोलोजिष्ट राजकुमार पाण्डेले मानिसमा हुने रोगका जीवाणु नष्ट गर्न नयाँ–नयाँ औषधीको आविष्कार हुन्छ । त्यसैगरी जीवाणुहरूले पनि आफ्नो बचाउको उपाय खोज्दै जाने बताए । उनका अनुसार एन्टिबायोटिक औषधीको अनुचित एवं अन्धाधुन्ध प्रयोगले तिनको यो क्षमता तेजीले बढ्छ । उनका अनुसार एन्टिबायोटिक औषधीको अधिक वा कम मात्रा उपयोग गर्ने, अनियन्त्रित उपयोग गर्ने तथा नक्कली वा कमसल गुणस्तरको औषधीको उपयोगले अत्यधिक नोक्सानी पु¥याउन सक्छ । एन्टिबायोटिक नै सबै खाले बिमारीको सर्वकालिक समाधान होइन भन्नेमा सचेत बनाउन पत्रकारलाई सचेतना दिइएको हो । त्यस्तै सचेतना कार्यक्रममा विभिन्न सञ्चारमाध्यम, रेडियो, प्रिन्ट र टेलिभिजनका पत्रकारहरू उपस्थित रहेका थिए ।

सम्बन्धित समाचार