जुम्ला: जुम्लाका गर्भवती, स्तनपान गराउने र सुत्केरी महिलाका र बालबालिकालाई पोषण खानेकुरा वितरण गरिएको छ । जुम्लाका बालबालिकाको कुपोषणमा सुधारको लागि जुम्लाका बालवालिकामा रहेको कुपोषण हटाउनका लागी पौष्टिक आहार वितरण गरिएको हो । बुधबार पातारासी गाउँपालिकाको डिल्लीचौर स्वाथ्यचौकीबाट गर्भवती महिला र बालबालिकालाई पौष्टिक आहार वितरण गरेको छ ।
गर्भवती महिला तथा दुई वर्ष मुनिका बालबालिकालाई प्रत्येक महिनमा तिन किलोका दरले पौष्टिक आहार प्रदान गरिने गरिएको डिल्ली चौर स्वास्थ्य चौकीमा कार्यबाहक प्रमुख सर्जन शाहीले बताए । उनले अनुसार एमडिआई नेपालले बितरण गरेको पोषण कार्यक्रम राम्रो छ । यसले गर्दा बालवालिकाको कुपोषण दर केही न्युनिकरण भएको छ । उनले जाडो मौसममा हिमपातका कारण ढुवानी नहुदा यहा बालबालिकाले दुइ महिन पोषण पिठो खान नपाउने गरेको बताए ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउनउनीहरुको बानीब्यवहारमा परिवर्तन ल्याउनका लागी सचेतना जरुरी छ । उनले भने खानाको आवश्यकतामा धेरै छ । पोषिलो खाना खान खान नपाएका कारण मानिसलाई धेरै रोगलाग्छ । उनले भने जुम्लामा पोषण युक्त स्थानीय उत्पादन धेरै छ ।तर यहाका बालवालिका खाना नपाएहोइन खाना नजानेर कुपोषण भएको पाइन्छ ।
त्यस्तै जनस्वाथ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सावकोटाले पोषक तत्त्वहरूको कमी हुनासाथ बालबालिका अल्छी हुने, रोइरहने, खान मन नगर्ने, तौल घट्ने र तौल नबढ्ने जस्ता समस्याहरू आउँछन् । उनका अनुसार हामीलाई बाँच्नको लागि खानाको आवश्यकता पर्दछ, खानामा पाईने तत्त्वहरूलाई पोषक तत्त्व भनिन्छ ।खानाले शरीरका आन्तरिक तथा बाहिरी अङ्गहरूलाई दैनिक कार्य गर्न, मर्मत र वृद्धि विकास गर्न सहयोग गर्छ । बालबालिकाको विकासात्मक चरण अनुरुप आवश्यक पोषक तत्त्वहरूको कमी, बढी वा असन्तुलनको अवस्थालाई कुपोषण भनिने गरिएको छ ।
त्यस्तै एमडि आई नेपालका जिल्ला संयोजक नवराज रावलले कुपोषणको पहिचान विभिन्न तरिकाबाट गर्न सकिने बताए । उनले बच्चाको शरीरको मापन गरेर, शरीरको लक्षणहरू हेरेर, खाना खाएको रेकर्ड राखेर र ल्याबमा परीक्षण गरेर कुपोषण पत्ता लगाउने मुख्य तरिका बाट गरिने बताए ।उनले भने हामीले बालबालिकामा हुने कुपोषण दर घटाउनका लागी गर्भवती र सुनौला हजार दिनका आमाहरुलाई सचेतनाका कार्यत्र,म पनि गर्दै आएको बताए ।
कुपोषणमा अचानक बालबालिकाको तौल घट्दछ । जसमा बालबालिकाको उचाइअनुसारको तौल कम हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले दिएको बाल वृद्धिको मापदण्ड अनुरुप उचाइअनुसार तौलको तालिकासँग दाँजेका आधारमा हुनु वा तौल रेखा ओहलो लाग्दै जानु हो । उनले पोषणबारे चेतनाकै कमी स्थानीयको बानी व्यवहारमा सुधार आउन सकेको बताए । उनका अनुसार स्थानीयस्तरमा उपलब्ध गेडागुडी, साग तरकारी मिसाएर खुवाउन सिकाए पनि व्यवहारमा थोरैले मात्र उतार्ने गरेका छन्।
त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले महिला गर्भवती भएदेखि स्तनपान गराउने, सुत्केरी र गर्भवती महिलाहरुको खानपानमा बिषेश ध्यान दिनु पर्ने देखिन्छ । गर्भ अवसथा देखि अण्डा,गेडागुडी तथा क्वाँटी, शुद्ध तोरीको तेल,हरियो तरकारी तथा सागपात, फलफुल, सर्वोत्तम पिठो,ज्वानोलगायतका खाद्य सामाग्री खाएको खण्डमा बालवालिकामा हुने कुपोषण दर न्युनिकरण गर्न सकिन्छ ।
त्यस्तै समाजजिक बिकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईले केही ठाउँमा भौगोलिक रूपमा विकट अधिकांश क्षेत्रमाखान नपुग्ने र खान पुगे पनि खाना खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडेको बताए । उनले ग्रामीण क्षेत्रमा खाना छोडेरबाहिरबाट आएको आयतित बस्तु खाने गरेको बताए । उनले भने,‘जब सम्म बालबालिकालाई चाउचाउ बिस्कुट जस्ता खानेकुरामा कमी ल्याउन सकिदैन तब सम्म कुपोषण देखिने निश्चित छ ।
त्यस्तै बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट बचाउन सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाए पनि ती कार्यक्रम प्रभावकारी नहुन सकेका छैनन ।जुम्लाका बालवालिकामा भएको कुपोषण दर घटाउनका लागी क्षेत्र लाग्न गरुरी छ ।पोषणको बारेमा जानकारी पाएकाहरुले नै व्यवहार परिवर्तन नगरेका कारण जुम्लाको बालवालिका कुपोषणको दर बढ्न थालेको छ ।