जुम्ला : कर्णाली प्रदेस सरकार समाजिक बिकास मन्त्रालय सुर्खेतको आयोजना र जनस्वाथ्य सेवा कार्यालय जुम्लाको समन्वयमा दुइदिने मानसिक स्वास्थ्य प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जुम्लाको चन्दननाथ नगरपालिका नगरपालिका भरीका स्वाथ्यकर्मीहरुबिच मानसिक समस्याको अवस्था बुझ्नका लागी मन्त्रालयले पहिलो पटक जुम्लामा यो कार्याक्रम गरेको हो । पछिल्लो मसयमा जुम्लामा पनि मानासिक समस्याका रोगी हरुको अवस्था बढ्दोक्रमा छ । कार्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पनि साइकेटिक डाक्टर छैनन ।
त्यस्तै कर्णाली प्रदेस सरकार समाजिक बिकास मन्त्रालय सुर्खेतका सचिब भोजराज काफ्ले (शर्माका )का अनुसार मानसिक समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा छ। उनले भने,यस कारण कर्णालीमा मानसिक स्वाथ्य प्रवद्र्धन सम्बन्धी स्वाथ्यकर्माीहरु बिच यस्तो अन्तरक्रिया कार्यक्रम राखिएको हो । उनले थपे,‘हरेका मानिस सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो। उनका अनुसार यो रोग लाग्न दिनु भन्दा पहिलो रोकथाम गर्नु पर्छ भन्ने उद्देश्यले मन्त्रालयको टोलीले यस्ता खालका कार्यक्रम गरिएको गर्दै आएको छ । उनले भने,‘मानसिक रोगका कारण कर्णालीमा आत्मा हत्याका घटनाहरु पनि बढेका छन । यसको मुख्य जरोपत्तालगाई न्युनिकरण गर्नु आजको आबश्यकता हो ।
त्यस्तै कर्णाली प्रदेस सरकारका समाजिक बिकास मन्त्री खड्क बहादुर पोखरेलले मानसिक समस्याका कारण र समाधान लगायत विषयमा केन्द्रित रहेर यो कायक्रम जुम्लामा गरेको बताए । उनका अनुसार अधिकांश अभिभावकका कारणले बालबालिकामा पनि मानसिक रोग देखिएको छ । यसमा अभिभावकले आफ्नो बच्चाको पहिले र अहिलेको व्यवहारमा कुनै अन्तर आयो कि आएन भनेर निकै ख्याल गर्नु जरुरी छ। मन्त्री पोखरेलले भने,‘पछिल्लो केही समय यता मानसिक समस्या भएका बिरामीको सङ्ख्या कर्णाली प्रदेसमा बढ्दो क्रममा छ । यसलाई रोगथाम गर्नका लागी सबैको सहयोग आवश्यक छ ।
त्यस्तै जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सावकोटाका अनुसार मानसिक स्वास्थ्यको समस्या विगतमा पनि थियो । अहिले पनि छ, पछि पनि रहन्छ । मानसिक स्वास्थ्यका समस्याहरू बढ्दै छन् । उनले भने,‘ मानसिक स्वास्थ्यलाई मान्छेले हेर्ने दृष्टिकोण पनि बिस्तारै परिवर्तन हुँदै आएर जागरूक पैदा भएर स्वास्थ्यको ख्याल गर्ने हिसाबले मेन्टल हेल्थको जगेर्ना गर्ने र उपचारमा आउने प्रवृत्ति पनि बढेको छ । उनका अनुसार यसरी हेर्दा मानसिक स्वास्थ्यका समस्या बढ्दै पनि छन् । औषधि उपचारका लागि अस्पताल आउने क्रम पनि बढ्दै छ । उनले अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भने, सबै भन्दा महंगो उपचार पद्धती छ । त्यसैले रोग लाग्नु भन्दा नलाग्न दिनु नै उपयुक्त तरिका हो । मानसिक समस्या सम्बन्धी सबै नागरिकलाई सचेतना दिन जरुरी छ ।
त्यस्तै कर्णाली प्रदेस सरकारका समाजिक बिकास मन्त्रालयका अधिकृत खगेन्द्र प्रसाद गैरेले भने विश्व स्वास्थ्य सङ्गठनले यो समस्यालाई मेन्टल एण्ड बिहेभियर डिस्अर्डर भन्छ । उनका अनुसार जुम्लाको मानसिक स्वास्थ्यको अवस्था बुझ्नका लागी यहा आएका हौँ । दिनप्रतिदिन बढदै गरेको मानसिक समस्यालाई निराकरण, समाधानका उपायहरु पनि अपनाउनु पर्छ भन्ने पनि हो । उनले भने,‘यसको रोकथाम गर्न सकिन्छ ।स्वास्थ्यको समस्या आइसकेपछि उपचार पनि छ ।
त्यस्तै नेपाल पत्रकारमहासंघ शाखा जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले जुम्लामा घरेलु हंसा , लागुऔष जस्ता कारणले मानसिक समस्याका रोगी बढेको बताइन । उनले भनिन राज्यको पनि छ, समाजको पनि छ ।यो कुरामा सबै जना लाग्नुपर्छ । उनका अनुसार मानसिक समस्या भएका ब्यक्तिको लागी घरपरिवार गरै जिम्मेवार भएको देखिन्छ । मानसिक समस्याका रोगीहरु सडकमा पुगेपछि सरोकारवालोले उद्धार गर्नु पर्छ ।त्यसपछि सम्बन्धी परिवारलाई कुनै मदलब हुदैन ।मानसिक समस्यााका कारण आत्महत्या हुनेको दरपनि बढेको छ ।
जब सम्म घरेलु हिंसा,लागुऔष दुर्वेसनी रोकिदैन तब सम्म मानसिक रोगीहरुको समस्या न्युनिकरण गर्न चुनौती छ । उपाध्यक्ष शाहीका अनुसार संघियता पछि महिला बालवालिका, दलित जस्ता लक्षित वर्गका मुद्दाहरु ओझेलमा परेका छन । स्थानीय सरकारले सडक ,बाटो र भवन बनाउने कार्यलाई प्रथामिकता दिइएको पाइन्छ ।यसले गर्दा महिला माथी हुने हिंसाहरु बढेको छन । सरकारले नै हिंसा पीडित महिलाको लागी दिर्गकाली सेवा केन्द्र स्थापना गर्नका लागी शाहीले अनुरोध गरेकी छन ।
त्यस्तै मानसिक रोगको समयमै समस्या पत्ता नलगाएरै ज्यान जाने गरेका छन । झै पनि यस्ता समस्याहरूलाई भित्रभित्रै लुकाइने गरेको भेटिन्छ ।