जुम्लामा मष्टो परम्पराका धार्मिक मेलाहरु धमाधम भईरहेका छन् ।ऐतिहासिक धार्मिक महत्व राख्ने ति मेलाहरु शुरु भएपछि अहिले मानिसहरुको सो क्षेत्रमा भिडभाड बढेको छ । जानकारहरुका अनुसार जनैपूर्णिमाका दिनबाट कर्णालीमा शुरु हुने ति मेलाहरु धार्मिक परम्परा अनुसार धमाधम शुरु भएपछि गाउँमा चहल पहल बढेको हो ।धार्मिक आस्थाका जानकारहरुका अनुसार जनैपूर्णिमा अर्थात रक्षावन्धनका दिनबाट औपचारिक रुपमा शुरु हुने गरेका छन् । अहिले गाउँमा ति मेलाहरु भएपछि मानिसहरुको जमघट हुने, देउडा खेलेर रमाईलो गर्ने कामहरु गरिरहेका छ्न ।
धार्मिक अगुवा तथा हिमा गाउँपालिका वडा नम्बर १ कालासिल्लाका धामी भक्तबहादुर शाहीका अनुसार यस समयमा मष्टो सहितका देवताहरुको पुजाआजा व्यापक भएका छन् । उहाँका अनुसार जुम्ला मात्रै नभई कर्णालीका विभिन्न जिल्लामा यि धार्मिक मेला हुने चलन छ ।
उहाँका अनुसार यस क्षेत्रमा यो सिजनामा बाह्रभाई मष्टो, वाविरा, महादेव, भैरवनाथ,कैलास,कालिका, मालिाका,कालासिल्ला, ह्रयांग्रे लाखुडो, , राहदेव, झ्यादेव सहितका दर्जनौ देउताहरुको पुजा आजा हुने गर्दछ । यि देवताका मेलाहरुले आन्तरिक पर्यटकहरुको जमघट, आर्थिक चहलपहल देखी विभिन्न कामहरु हुने गर्दछन् ।
शुक्रवार हिमा गाउँपालिकाको बड्की, सिंजा गाउँपालिकाको बिष्टबाडामा बृहत कालासिल्ला देवताको पैठ (जात्रा) सम्पन्न भएका छन् । हिमा गाउँपालिकाको बड्कीमा ५ हजार बढि धार्मिक अगुवा तथा भक्तजनहरुको उपस्थिति रहेको छ । कालिकोट, मुगु, जुम्लाका भक्तजन तथा देउडा खेलाडीको उपस्थिति भएको थियो ।
भक्तजनहरुको देवताले दुख सुखमा साथदिने विश्वासका साथ हरेक गाउँमा कुलपुजागर्दै आउने चलन छ । यस अन्तरगत अहिले जिल्लाका धेरै स्थानमा कुलपुजा हुने गर्दछन् । विभिन्न तिथिमा विभिन्न देवताको पुजा गरिदै आउने चलनले यति वेला कर्णालीका धार्मिक स्थानमा मानिसहरुको भिड हुने गर्दछ । बर्षभरी गरिने कामको थकान मेटाउने र रमाईलो गर्ने हिसावले पुजाआजा गरिने गरिन्छ ।
यस समयमा हरेक गाउँमा धार्मिक आस्था अनुसार मन्दिर तथा थान बनाएर पुजा गर्ने, मन्दिरलाई नयाँ ध्वजापतकाले रंग्याउने कार्य बढि हुन्छ । पुजाको दिनमा स्थानीयले नयाँ परिकारहरु बनाउने चलनपनि रहेको हिमा गाउँपालिका १ निवासी तथा कालासिल्लाका देवताका पुजारी विरबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार कात्तिक पूणिमा सम्म विभिन्न पुजा आजाहरु हुने गर्दछन् ।
पर्यटकीय महत्व बढाऊ
कर्णालीको मष्टो परम्परा सहित विभिन्न धार्मिक सभ्यताको केन्द्र पनि हो । यसको प्रवर्धन गर्न आवश्यक रहेको सरोकारवाला निकाय बताउछन् । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले धार्मिक पर्यटन पनि कर्णालीमा महत्वपूर्ण रहेको भन्दै यसको प्रवर्धन गर्न आवश्यक रहेको बथाउनु भयो । उहाँका अनुसार यसलाई पर्यटकीय महत्वको वारेमा अझै विकास गर्न अझै सकिएको छैन् । अहिले आन्तरिक पर्यटक मात्र यस क्षेत्रमा घुम्ने गर्दछन् । तर बाह्रयपर्यटक भने यस क्षेत्रमा आकर्षण गराउने योजना बनेका देखिदैनन् ।