लाखे काटियो जुम्लाको जात्रा सकियो (फोटो फिचर)

जुम्ला ः परम्परा अनुसार नाग पञ्चमीका दिन जुम्लाको टोली बडिमालिकातर्फ प्रस्थान गरेको दिन देखि सूरु हुने यो जात्रा कृष्णजन्मा अष्टमीको भोलि पल्ट लाखे काट्ने चलन छ । कृष्णजन्मा अष्टमीकै रातीबाट जात्रा हेर्नको लागी जुम्ला बजारमा भिडनै लागेको हुन्छ । लाखे काटेपछि जुम्लामा जात्रा सकिएको हो । पञ्चायत कालमा अञ्‍चलाधीश कार्यालय मातहत चलिआएको यो पूजाआजाको जिम्मा अहिले जिल्ला प्रशासन कार्यालयले जिम्मामा छ ।


त्यस्तै जुम्लाका दर्शनार्थीका अनुसार बडिमालिका माईको पूजाआजा गरेमा मनको ईच्छा पुरा हुने धार्मिक विश्वास रहिआएको पाइन्छ । यो जात्रा करिब एक हप्ता संञ्चालन हुदै आएको कर्णालीकै लामो हो ।पछिल्लो समयमा जात्राका नाममा केही बिकृती पनि देखिन थालेका छन ।


जुम्लाको मुख्य बजारमा जात्रा लगाउने स्थान अबस्थित हुँदा महिला बालबालिका जेष्ठनागरिकलाई असहज भएको छ ।जात्राको व्यवस्थापन कमजोर भएको नागरिकको गुनासो छ ।

जात्रा हेर्न आउने अधिकाँस नागरिकले मदिरा सेवन गर्ने होहल्ला गर्ने जथाभाबि बोल्ने जस्ता बिकृती फैलिन थालेका छन ।जात्राको सुरक्षा व्यवस्थापनलाई मजबुद बनाईएको जिल्ला प्रशासनको बताउदै आएको छ । नागरिकका असभ्य हुदा सुरक्षालाई समेत चुनौती देखिने गरेको छ ।


जात्रा समितिका सल्हाकार चित्रलाल श्रेष्ठका अनुसार ‘जात्रा गठामंगल (गाँठेमंगल)को रुपमा घण्टाकर्ण नामक राक्षसको पुत्ला थपना गरी सोही दिन साँझ नदीमा सेलाएकै दिनबाट सुरु हुन्छ,’ उनले भने, ‘त्यसै दिनदेखि हरेक साँझ लाखे नाच देखाउने गरिन्छ।

यसले जात्रा चलिरहेको छ भन्ने संकेत दिन्छ।’उनकाअनुसार गाउँ–गाउँबाट सदरमुकाम आउने नागरिकले यो जात्रा भव्य रुपमा मनाइदैछ भन्न सन्देश बोकेर फर्किन्छन्। हरेक वर्ष जनैपूर्णिमाको भोलिपल्टबाट व्यापक रुपमा जात्रा सूरु हुन्छ ।
पहिलो दिन औपचारिक रुपमा गाईजात्रा मनाइन्छ ।

‘खासगरी बजार आसपासको घरमा त्यसवर्ष कोही मान्छे मरेको रहेछ भने त्यही घरबाट गाई निकाल्ने चलन छ,‘ उनले भने,‘गाईसँगै गाईका बाच्छाहरु समेतको नाचले जात्रा रोचक बन्छ ।’

गाईका बाच्छाहरु नाचेर आम दर्शकलाई रमाइलो दिने गरिन्छ भने मान्छे मरेको घरका सदस्यहरुको शोक पनि कम हुने मान्यता रहेको छ।

यद्यपी, पछिल्लो समय गाईजात्रा देशको अव्यवस्थालाई प्रहार गर्ने व्यंग्यात्मक प्रतिबिम्बको रुपमा समेत चिनिएको कवि यमराज कार्कीले बताए ।


‘धेरै वर्षदेखि काव्यको माध्यमबाट व्यंग्य गरिन थालेको छ,‘ उनले भने,‘रिसरागभन्दा पनि राजनीति र उच्च पदस्त व्यक्तित्वमा देखिएको स्खलनलाई जस्ताको तस्तै देखाइन्छ।’ त्यस्तै दोस्रो दिन रोपाइँजात्रा, तेस्रो दिन मिम वाद्साहा र पल्टन जात्रा, चौंथो दिन बाघ–भालु मार्ने र खष जात्राले जुम्ली नागरिकलाई भरपुर मनोरञ्जन दिन्छ।

कृष्ण जन्माष्टमिको दिन कृष्ण जन्मेको दृश्य देखाइन्छ। कृष्ण जन्माष्टमिको भोलिपल्ट अर्थातत बिहिबार लाखे मारी कृष्णको विजय रथयात्रा कृष्ण मन्दिरबाट सुरु गरी चन्दननाथ, भैरवनाथ र दरबार मालिकाको मन्दिर परिक्रमा गरी सोही कृष्ण मन्दिरमा आएर विधिवत् रुपमा जात्राको समापन गरिएको छ ।

सम्बन्धित समाचार