जुम्ला ः कर्णाली प्रदेस सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले चन्दननाथ नगरपालिकाको आठ र नौ वडालाई खरायो पालनको हब बनाउनु पर्ने बताए । खरायो पालन गर्ने किसानको समस्या बुझ्न उनीहरुकाे घरअंगनमै पुगेका मन्त्री शर्माले यस्तो बताएका हुन ।
मन्त्री शर्माले किसानका समस्या उनीहरुकै मुखबाट सुन्नका लागी चन्दननाथ नगरपालिका–८ र नौका खरायो पालक किसानहरुको घर अंगानमा पुगेको बताए । उनले साना किसानको जिविका पाजर्नमा सुधार ल्याउनका लागी उत्पादनमा अधारित अनुदान दिइने बताए ।
मन्त्री शर्माका अनुसार व्यावसायिक रूपमा खरायो पालनबाट आर्थिक समृद्धिको यात्रा सुरु हुने भएकोले जुम्लाकाे भेडाको ऊन र खरायोको ऊनमा अनुदान दिइने छ । चन्दननाथको आठ र नौ वडालाई खरायो उत्पादान स्रोत केन्द्रको रुपमा स्थापना गर्नका लागी किसानलाई अनुरोध गरेका छन ।
त्यो ठाउमा ऊनका लागि अंगुरा जातको खरायो पाल्ने गरिएको छ ।कृषि मन्त्री शार्माले जुम्लामा भइरेहको खरायो पालन ब्यवसाय प्रति प्रदेस सरकारको ध्यार्नाकष्ण भएको छ । उत्पादन बढाउन सकेको खण्डमा यहाका बासिन्दाले राम्रो आम्दानी लिन सक्ने छन ।मन्त्री शर्माले थपे,‘खरायोको ऊनबाट बनेको टोपीले जुम्लामा स्वरोजार हुनेको संख्या बढ्दै गएको छ ।
खरायोको ऊनबाट गुणस्तर टोपीहरु बन्ने र बजार राम्रो भएकाले धैरैका लागि खरायोको व्यवसाय उत्तम देखिएको हो ।खारायोको ऊनको ब्यवस्थापन गर्न र दान सिस्नका लागी उपयुक्त औजारहरुको बारेमा प्रदेश सरकारले आबश्यक समन्वय गर्ने बताए ।
त्यस्तै चन्दनाथ आठका पदम बहादुर रोकायाले खराया पाल्न थालेको १७ वर्ष भइसकेको बताउछन । उनको आफ्नै रोकाया खराया पालन उद्योग छ । उनी संग अहिले ९० वटा खराया छन ।
त्यस्तै सोही गाउका भैरव धरालाको पनी भुवानी कृर्षि तथा पशुपंक्षी पालन नामक उद्योग छ । उनी संग ८० वाटा खरायो छन ।उनलाई एक लाख २८ हजार पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट अनुदान दिइएको थियो । उनी सहित चन्दननाथ नौका एक जना र चन्दननाथ आठ वडाका ४ जना गरी ५ जना खरायो पालक किसानले अनुदान पाएका हुन । उनीहरुलाई आर्थिक वर्ष २०७९ । ०८०मा अनुदान दिइएको हो ।
त्यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार एक लाख २८ हजार पशु अस्पताल तथा पशु सेवा कार्यालय र एक लाख २८ हजार उनीहरुको लगानी गरी २ लाख ५६ हजारको लागत्तमा एक सय खराया दिइएको हो ।
त्यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढथापाले चन्दननाथ आठका सबैको घर मा ५ देखि २० वटा सम्म खराया पाल्दै आएको बताए । तर धेरैले उद्योग दार्ता नगरी खरायो पालेका छन ।उनले भने यो गाउ खरायो पालनका लागि प्रख्यात भइसकेको छ। ब्यवसायिक करण गर्नका लागी हामी लागी परेका छौँ । उनले भने, टोपी बजार लगेर न्यूनतम ३ हजार ५ सय रूपैयाँमा बेच्छन्। एउटा टोपी तयार हुन तिन लाग्छ ।
त्यस्तै अतिथिका रूपमा जुम्ला पुग्ने उच्च अधिकारीदेखि सरकारी स्तरका माथिल्लो तहका सबैलाई खरायोको टोपीले स्वागत गरिन्छ। यसले गर्दा जुम्लाको खरायोको टोपीको चर्चा धेरै ठाउमा छ । यो व्यवसाय गर्न धेरै लगानी चाहिँदैन र थोरै क्षेत्रफल भएको ठाउँमा पनि गर्न सकिन्छ। साथै स्थानीय श्रोत साधनहरू काठ प्रयोग गरेर खोर बनाइ खरायो पालन गर्न सकिन्छ । यसलाई दिनमा ३ पटक घाँस, दान–पानी हाले पुग्छ। यदि दाना अभाव भएमा आफ्नै वरपर भएका हरियो घाँस खुवाएर मात्र पनि पाल्न सकिन्छ, जसले गर्दा कम लागतमा पनि धेरै फाइदा लिन सकिने स्थानीयले बताएका छन ।
खरायो पालन गर्दा ब्यवस्थापनमा समस्या
चन्दननाथका आठका बिर्ख बहादुर धरालाले खरायो पालन गर्दा ब्यवस्थापनमा समस्या आएको बताए । उनले भने, हामीले तालिम पाएका छैनौँ । खरायो कसरी पाल्लने भन्ने कुरा थाहा छैन । अब हाम्रो लागी सिकाइको पाटो भइरहेको छ । धरालाका अनुसार व्यावसायिक रूपमा खरायो पालन गर्दा भाले र पोथीलाई फरक फरक ठाउँमा राखेर योजनामा नै प्रजनन गराइन्छ ।
सामान्यतया यसको गर्भवस्था जम्मा ३१ दिनको हुन्छ। खरायोमा १२ महिना नै बच्चा उत्पादन गर्ने क्षमता हुन्छ यसलाई कुनै मौसम तथा वातावरणले असार पर्दैन। खरायोले एक पटमा करिब ७ देखि १० वटासम्म बच्चा जन्माउन सक्छ भने ७ महिनामै यो वयस्क हुने गर्दछ। खरायो पालनको मुख्य चुनौती भनेको बजार व्यवस्थापन हो तर अहिले बिक्री भइरहेको छ ।खरायाको लागी दाना पिस्ने मेसिन र ऊन काट्नको लागी मेसिनको माग गरेका छन ।
खरायोपालनबाट राम्रो आम्दानी
खरायो पालनबाट जुम्लाका बासिन्दाले राम्रो आम्दानी लिन थालेका छन् । खरायोको ऊनबाट बनेको टोपीले जुम्लामा स्वरोजार हुनेको संख्या बढ्दै गएको छ । खरायोको ऊनबाट गुणस्तर टोपीहरु बन्ने र बजार राम्रो भएकाले धैरैका लागि खरायोको व्यवसाय उत्तम देखिएको हो । खरायो पालक किसान हरुका अनुसार मासु र टोपी बाट मासिक १२ हजार आम्दानी हुने गरेको छ ।
चन्दननाथ नगरपालिका तलिउम क्षेत्रमा धेरैले खरायोको ऊनको टोपी व्यवसायको प्रमुख माध्याम बनाइरहेका छन् । उनीहरुले पनि वर्षेनी बिसौं हजारदेखि लाखौं रुपैयाँ खरायोको टोपीबाटै आम्दानी गर्दै आएका छन् । खरायोको टोपीको आकर्षण बढ्दै गएपछि बिक्री पनि त्यसैगरी बढेको हो ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार धिमिरेले जुम्लाको खरायोको टोपि पहिचान बनेको बताए । उनले जिल्लाका सरकारी कार्यालयका प्रमुख देखि स्थानीयबा सिन्दा तथा घुम्न आउनेले समेत मायाको चिनो स्वरुप खरायोको टोपी किन्ने गरेका बताए ।
त्यस्तै खरायो पालक किसानका सामान्यतया तीन महिनापछि खरायोको ऊन टोपी बुन्नका लागि उपयुक्त मानिन्छ। दुइ देखि ५ वटा खरायोको ऊन संकलन गरेपछि एक वटा टोपी निर्माण हुन्छ। एक टोपि ३हजार देखि ३५ सय रुपैयाँमा गाउँमै टोपी बिक्रि हुन्छन्।