तरकारी खेती र मौरी पालनमा रमाउदै पुर्व उपाध्यक्ष रोकाया (फोटो फिचर)

जुम्ला:  रोजगारीको लागि युवा जनशक्ति विदेशीने क्रम बढी रहेका बेला केही पुर्व जनप्रतिनिधि तरकारी खेतीबाट राम्रै आम्दानी गर्न थालेका छन ।त्यस्तै २०७४ को स्थानीय तहको निर्वाचनमा जुम्लाको हिमा गाउँपालिकामा नेकपा माओबादी केन्द्रको तर्फबाट उपाध्यक्ष थिइन् हिमाली रोकाया । उनी पाँच वर्ष गाउँपालिकाको उपाध्यक्षको कार्यकाल सफलतापूर्वक सम्हालेको र कुनै विवादमा नपरेको बोहरा बताउँछिन् ।

तिनै रोकाया अहिले कर्णाली प्रदेसको राजधानी बिरेन्द्र नगर नगरपालिका वडानम्वर ११ मा बिगत एक वर्ष देखि मौरी पालन र तरकारी खेती गर्दै आएकी छन । उनले भनिन,’राजनितिएउटा सेवा हो पेसा होइन । उनले थपिन दश कठ्ठा जग्गा दश वर्षको लागी जग्गा लिजमा लिएर तरकारी खेती र ६२ घर मौरी छन । उनी बहान उठेदेखि नै तरकारीबारीमा व्यस्त हुने गरेकी छन ।

त्यसैले आफ्नो जिविका पार्जनको लागी तरकारी खेती गर्न थालेको हो । पूर्व उपाध्यक्ष हिमाली अहिले तरकारी व्यापारमा जमेकी छन । सुर्खेतको ढकाल चोक नजिकै तरकारी उत्पादन तथा बिक्री गरिरहेकी छन । तरकारी व्यापारमा रमाउदै भनिन , अरुलाई रोजगारी दिन नसके पनि आफु आत्मनिर्भर हुनु पर्छ भन्ने हाे ।

रोकायाका बारीमा आफैं ग्राकहरु तरकारी किन्न आउने गरेका छन । मैले उपाध्यक्ष हुन भन्दा पहिला पनि ब्यवसाय गरेको थिए । उनले भनिन्, ‘अहिले  तरकारी खेतीमा लागेको छु ।उनको तरकारी बारीमा धनिया ,तितेकरेला ,लौका ,घिरौला टमाटर ,फर्सि र काक्रा उत्पादन भइरहेको छ । उनका अनुसार कर्णाली प्रदेशको ७० प्रतिशत अनुदान र आफनो ३० प्रतिशत आफ्नो ब्यक्तगत्त गरी १६ लाख बराबरको लगानी गरिएको छ ।

काम गर्नुमै आनन्द लाग्छ
पाँच वर्ष जनप्रतिनिधि भएर पनि तरकारीखेती गर्न थालेपछि आन्नद लागेको छ । उनले भनिन्, ‘गरेर खान पनि केको समस्या? मागेर अनि लुटेर खाए पो समस्या र लाज मान्नुपर्छ। मलाई दैनिक तरकारी बारीमा उत्पादन गरी र बिक्री गर्न पाउँदा निकै आनन्द लाग्छ।’ पूर्व उपाध्यक्ष रोकायाका श्रीमान बिकास रोकाया पनि उनको तरकारी खेतीलाई सघाउदै आएका छन ।

मलाई तरकारी व्यापारमै राम्रो छ’, उनले भनिन्,‘ हामो नेपाल कृर्षि प्रधान देश हो । सबैले कृर्षिमा श्रमगर्न आबश्यक छ । मलाई तरकारी व्यापारले मोहनी नै लगायो। मेहनत गरी तरकारी उत्पादन  गर्न र बिक्री गरी  उचित मूल्य पाउन सकेकाेमा सन्तुष्टि  लागेकाे छ।रोकायाको दैनिकी तरकारी बिक्री गर्दै बित्न लागेको एक वर्ष भइसक्यो ।

४० देखि ५० हजार सम्मा आम्दानी
पुर्व उपाध्यक्ष रोकायाले गरेको तरकारी खेतीबाट मासिक ४० देखि ५० हजार सम्म आम्दानी हुदै आएको छ  । उनले भनिन,’ उत्पादन गरेको तरिकारी न्युनतम २ सय देखि अधिकत्तम ३सय ५० रुपैया सम्म बिक्रबितरण गर्दै आएको छु  । उनका अनुसार हरियो धनीया अहिले ३सय किलो छ । एक टनेलमा एक हजार जतिको बिउ लाग्छ । यसबाट उत्पादन २० हजार देखि २५ हजार सम्म हुने गरेको छ । उनले थपिन हिमाली मौरी तथा कृषि पशुपंक्षी चेतना सहकारी संस्था नमक फरम दर्ता छ ।

मौरी पालन बाट बार्षिक ६ लाख आम्दानी
पुर्व उपाध्क्ष रोकाया श्रीमान सबकास रोकायाले भन्छन,मौरी पालन एक कृषि पेशा हो । यो पेशा प्रवल बनाउन मौरीमा धेरै नीग्रानीको जरुरी हुन्छ । मौरीको बीस हजार भन्दा बढी प्रजातिहरू छन्। यी मध्ये धेरै शान्त स्थानमा वा एक्लै बस्न मन पराउछन । केहि मौरीहरू जंगली हुन्छन, जसलाई खाँग मौरी भनिन्छ ।

मौरीपालन विभिन्न प्रकारका मौरीको प्रजातिलाई पाल्नु हो, एउटा मौरीको घारमा लगभग एक लाख वटा जति मौरी हुन्छन ।हामीले पालेको मौरी मेलिफेरा जातको हो । उनले भने’, ६२ घार मौरी छन । साउन , भदौ र असोज सम्म उनीहरुलाई उल्टै पालनु पर्छ । त्यस पछि घारबाट मह संकलन गर्न पाइन्छ । एक घार मौरी किन्न १२ हजार सम्म पर्छ । रोकायाका अनुसार मौरीको मह बिक्रीबाट ६ लाख बराबरको आम्दानी हुने गरेको छ ।

मौरी अन्य किराहरूमध्ये एक फाइदाजनक
र धेरै संख्यामा रहने किरा हो। नेपालमा मौरी प्राचीन समय देखिनै पालन गर्ने गरिन्थ्यो । पुरानो समयमा मौरीलाई काठको बाकस, काठको खोपा, काठको मुडा आदिमा राखेर पालन गर्ने गरिन्थ्यो । यही शिलशिलामा आधुनिक तरिकाबाट निकाल्न मिल्ने चौकोस फेर्म घारको आविष्कार भयो ।

मह मदानीको आविष्कार भएपछि मौरीलाई व्यवसायिक रूपमा फर्म खोलेर पालन गर्न सकिन्छ।मेलीफेरा र सेराना जातका मौरी पालन गर्दा राम्रोसँग उत्पादन लिन सकिन्छ । मेलीफेरा जातको मौरीलाई तराई र भित्री मधेसमा पालन गर्न सकिन्छ भने सेराना जातको मौरीलाई उच्च पहाडी क्षेत्रमा पालन गर्न सकिन्छ । मौरी किसानहरूका लागि मित्र कीरा हो ।

सम्बन्धित समाचार