जुम्ला ः जुम्लामा वर्तमान राजनैतिक अवस्था शान्ति प्रक्रिया र मानव अधिकारका बिषयमा वहश थालिएको छ । जनअधिकार अभियानको आयोजनामा जुम्लामा पहिलो पटक राजनैतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी र संचारकर्मी बिच वहश गरिएको हो ।
उक्त बहशमा राजनितिक दलप्रतिको नागरिकको बिर्तसर्ना, आम नागरिकको भावना अनुसार बिकास निमार्ण नहुनु जस्ता बिषय उठान भएका छन ।
त्यस्तै जनअधिकार अभियानका अध्यक्ष तथा पूर्व सांसद, वरिष्ठ अधिवक्ता एकराज भण्डारीले पछिल्लो समय राजनैतिक अस्थितरताले शान्ति प्रक्रियामा प्रभाव पार्ने डर भएको बताए । उनले केन्द्र देखि जनस्तर सम्म यसको वहश शुरु गरिने बताए ।उनका अनुसार हिजो दश वर्षे जनयुद्धमा लडाइको क्रममा अंगभंग भएका, शरिरमा गोली छर्रा रहेका र आफन्त मारिएका परिवारको बिषयमा बहश छिटो हुनु पर्ने बताए । यि सवैलाई प्रभाव पार्ने देशको राजनितिक भएकाले समस्या आएको छ ।उनले भने,’ देशमा जनयूद्ध पछि शान्ति सम्झौता, अन्तरिम संविधानको बिषयमा जोड दियो, संविधान वन्यो र यहाँ सम्म आइपुग्दा अहिले शिक्षामा अझै निशुल्क शिक्षा भएको छैन् । शिक्षा र स्वास्थ्य निश्चित मान्छेको हातमा गएको छ । उनले नेकपा माओवादी केन्द्र पनि संसदमा छिरेपछि समस्या भयो । तर प्रचण्डले रुप धारणा गर्नुपर्छ । त्यो भनेको संसद वाहिर निस्कनुपर्छ ।
त्यस्तै पूर्व सांसद देविलाल थापाले राजनिति अस्थिर अवस्थामा पुगेकाले यो व्यवस्थालाईनै सुधारेर अगाडि बढ्नुपर्ने बताए । उनका अनुसार पछिल्लो समयमा राजवादीहरुको चहल पहल बढेको बताए । उनले यो व्यवस्थाबाटनै सांसद वनेका ज्ञानेन्द्र शाहीले पूर्व राजा ज्ञोनेन्द्र ल्याउने र संविधान विपरितका गतिविधिका प्रचार गर्न राम्रो नभएको बताए ।
त्यस्तै नेकपा माओवादीका नेता तथा पूर्व सांसद गजेन्द्रबहादुर महतले राजावादीहरुले जनमुत्ती सेना भड्काउने सोचका गतिविधि बढाउन थालेको बताए । उनका अनुसार राजावादीले सेनाका कमाण्डर पूर्वराज ज्ञानेन्द्र सोचेका होलान । त्यसो नभई चहलखेल बढि भए चीन र अमेरिकी सेनाले यहाँ राज गर्ने विषयमा हामी सचेत हुनुपर्ने बताए ।
त्यस्तै नेकपा माओवादीका उत्तर पश्चिम व्यूरो प्रमुख संगमले सिले सवै दल मिलेर वैज्ञानिक समाजवादी व्यवस्थाका लागि वहश गर्न आग्रह गरे । उनले उत्तर कर्णाली अहिले पनि पिछिडिएको र सरकारको प्रथामिकतामा नपरेको बताए ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख धनराज शाहीका अनुसार मानव अधिकार आयोगलेद्धन्द्धको समयमा भएका मानव अधिकार उल्लघनका बिषय गम्भिर रुपमा आफ्नो प्रतिवेदनमा उठाएको बताए । उनले मानव अधिकारको रक्षाको लागी आयोगले गरेका कामहरु देखी सत्य निरुपण तथा मेलमिलाप आयोगका बिषयमा गरेका थिए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य लक्ष्मीकन्या बुढाले राजनितिक संस्कार विग्रदै गरेका कारण अहिले राजनितिक प्रति नागरिक घृणित भएका छन । उनले सबै राजनितिक दलले संस्कार सुधारनु पर्छ । उनले माओवादी टुक्रिएर भएको क्षेति स्मरण गराउदै माओबादीले ल्याएको ब्यवस्थाको रक्षा गर्नु पर्ने बताइन ।
त्यस्तै पुर्व बारका केन्द्रीय सदस्य अधिवक्ता पदमबहादुर शाहीले विभिन्न समयको राजनैतिक आन्दोलन र परिवर्तनका बिषयमा जानकारी दिए । उनले अहिले शान्ति सम्झौता कोही दलले एकल अपनत्व लिने कामले अर्को दलले सहयोग नगर्ने काम भईरहेको उल्लेख गरे । उनले भने,’यो व्यवस्थालाई नै सुदृढ गरेर अगाडि बढ्दा अत्यान्तै राम्रो हुनेमा देखिन्छ ।
त्यस्तै नागरिक समाजका अध्यक्ष राजबहादुर महतले राजनितिक शिर्ष नेताहरु स्वार्थ मुखिभएकाले यस्तो अवस्था आएको बताए । त्यस्तै नेकपा माओवादी केन्द्रका नेता बिष्णुबहादुर महत (गौरवले) पहिलो माओवादी दोस्रो कम्यूनिष्ट एक जुट भएमा मात्रै शान्ति प्रक्रिया र गणतान्त्रिक व्यवस्थाको दिगोपन हुने बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघका संस्थापक सभापति नरेन्द्रनाथ योगीले अहिले पनि मान्छे मर्ने भ्रष्ट्रचार गरिरहने, विकृति र विसंगति नहट्नु शिर्ष तहका नेतृत्व जिम्मेवारी रहेको बताए । उनले भने,’ ठुला भनिएका दलहरु सरकारमा पुगेपछि जनअपेक्षा अनुसार काम गर्ने सकेनन् । त्यसकारण अहिले यस्तो समस्या आएको बताए । अन्तरक्रियामा नेपाल पत्रकार महासंघ, अनौपचारिक सेवा केन्द्र ( ईन्सेक), कानून अध्ययनरत विद्यार्थी कर्ण सार्की सहित सरोकारवाला निकायहरुले सहभागिता रहेको थियो ।