जुम्लामा उत्पादित फुजि स्याउँ रोजगारीको आधार (फोटोफिचर)

जुम्ला :  जुम्लाको गुठिचौर गाउँपालिका ५काडाखोला जलजलामा नेपालकै ठूलो फुजि स्याउँ बगैचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीले उच्च घनत्व जातको आधुनिक स्याउ बगैँचा निर्माण गरेका छन ।उनले १८ हेक्टर जमिनमा स्याउ खेती गरेका छन । त्यो बगैचामा २२ करोड लगानी भएको छ ।


त्यस्तै गुठिचौर गाउँपालिका वडा नं.५ र ३ मा गरी झण्डै ३० करोड बढी लगानीमा तीन वटा बृहत् स्याउ बगैँचा निर्माण भएका छन् । जस मध्य सबैभन्दा ठुलो ‘गुठिचौर एग्रो फर्म’द्वारा निर्माण भएको बगैँचा हो । जहाँ १८ हेक्टर जमिनमा ४८ हजार विरुपा रोपिएको छ । भण्डारीले २२ करोड लगानीमा २०७६ सालबाट जुम्लामा ठुलो बगैँचा निर्माण गरेका हुन् । संञ्चालक भण्डारी भने ,“स्याउबाटै जुम्लाको समृद्धि सम्भव छ,भन्ने उद्देश्यले स्याउखेती गरेको हुँ । २०७६ सालमा १५ सय बिरुवा रोपेर बगैँचा सुरु गरेका थिए । विस्तार गर्दै जाँदा अहिले ४८ हजार बिरुवा रोपीएको छ । यस वर्ष दुई सय टन उत्पादन हुने लक्ष्य छ । भने दुई वर्षभित्र ३ लाख बिरुवा रोप्ने योजना बनाएका छौ ।”हाल फर्ममा फुजि, गाला, किंरड, फुजि, गोल्डेन लगायतका जातको स्याउ उत्पादन भइरहेको छ ।


त्यस्तै, गुठिचौर ३ का टंक गरीले साढे ७ करोड लगानीमा २२ हेक्टर जग्गामा १४ हजार बिरुवा रोपेर बृहत् बगैँचा निर्माण गरेका छन । उनले,’यो बगैँचा बनाएको २ वर्ष भएको बताए । ‘श्री हिमाली टि एण्ड एन एग्रो फर्म नामक फर्म दार्ता गरेर गिरीले बृहत् बगैँचा निर्माण गरेका हुन् । स्याउबाटै रोजगारी सृजना गर्ने र जुम्लालाई एग्रो टुरिजमको हब बनाउने लक्ष्य राखेका बताए ।

त्यस्तै गुठिचौर ५ मै ‘सामुदायिक स्याउ उत्पादन समूहले स्याउको बगैँचा निमार्ण गरिएको छ । यो समुहले ६५ हजार वर्ग मिटर जग्गामा सामूहिक स्याउ खेती भइरहेको छ । १ करोड लगानीमा निर्माण भएको बगैँचामा हाल २८ सय बिरुवा रोपिएको सञ्चालक धर्म भण्डारीले बताए । उनका अनुसार समूहमा ४० जना किसान यसमा आबद्ध रहेका छन् ।

स्याउको बगैँचाले दियो ५० जनालाई रोजगार

त्यस्तै गुठिचौर एग्रो फर्म र श्री हिमाली टि एण्ड एन एग्रो फर्मले झण्डै ५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
त्यस्तै गुठिचौर एग्रो फर्मले कृषि वैज्ञानिक सहित ३२ जना बेरोजगार महिला पुरुषलाई प्रत्यक्ष रोजगारी दिएको पाइएको छ ।दैनिक ३० देखि ४० जना ज्यालादारीमा काम गरिरहेका छन् । भने स्याउ टिप्ने,सिचाई गर्ने समयमा ज्यालादारी गर्नेको सङ्ख्या बढ्ने गरेको भण्डारीले जानकारी दिए । उनले भने,” यसको मुख्य उद्देश्य भनेकै आम्दानीसँगै रोजगारी सृजना भएकोले भविष्यमा स्याउबाटै सयौँलाई रोजगारी दिन सकिने अबस्था हुन्छ ।’त्यस्तै ‘श्री हिमाली टि एण्ड एन एग्रो फर्मले प्रत्यक्ष स्थायी रुपमा १६ जनालाई रोजगारी दिएको सञ्चालक टंक गरीले बताए । उनका अनुसार भविष्यमा सयौँको सङ्ख्यामा रोजगारी दिन सकिने सम्भावना छ । तर अहिले उनको बगैँचामा स्थायी रुपमा १६ जना र दैनिक ज्यालादारीमा २५÷३० जना काम गरिरहेका छन् ।”

त्यस्तै भण्डारीले संञ्चालन गरेको यो बगैँचा जुम्लाको स्याउ उत्पादनको शिलशिलामा एक शान नै भएको गुठीचौर गाउपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताए । उनले जुम्लाले स्याउबाटै कृषि क्रान्ति सुरु गरेकोले गुणस्तरीय उत्पादन, ग्रेडिङ, लेवलिङ तथा प्याकेजिङमा ध्यान दिनुपर्ने बताए ।

त्यस्तै ढुवानीमा राज्यले सहुलियत दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताए । उनका अनुसार जुम्ला समृद्धिको एक स्रोत स्याउ हो । स्याउको व्यवसायी खेती विस्तार तथा किसानको उत्पादन सुरक्षित हुने नीति आवश्यक छ । जुम्लामा उत्पादन भएको स्याउले बजार नपाउनुको मुख्य कारण सडक नै हो । उनले भने, सरकारले ढुवानीमा सहुलियत दिनुपर्छ भने,किसानले उत्पादनमा जोड दिन जरुरी छ ।उनले थपे,’ किसानले उत्पादन गर्ने हो तर किसान आफै ब्यापारि बन्ने गरेकाले पनि बजारी करणमा समस्या आएको हो ।

बजारमा बढ्दो जुम्ली स्याउको मागलाई मध्यनजर गर्दै स्याउले आर्थिक समृद्धि,रोजगारी सृजना तथा पर्यटन प्रर्बद्धनमा टेवा पुराउने लक्ष्यका साथ जुम्लाको गुठिचौरमा करोडौँको लगानीमा कर्णाली प्रदेशकै ठुलो स्याउ बगैँचा निर्माण गरिएको हो ।
करोडौँको निजी लगानीमा निर्माण गरिएको कर्णालीको पहिलो तथा नेपालकै दोस्रो ठुलो स्याउ बगैँचाले जुम्लाको आर्थिक समृद्धि,एग्रो टुरिजम प्रवर्द्धन तथा रोजगारी सृजनामा पुग्ने देखिएको छ । बुधबार कृषि विकास कार्यालय जुम्लाको आयोजनामा जिल्ला स्थित सरोकारवालाले गुठिचौरमा रहेका तीन वटा बृहत् बगैँचाको अनुगमन गरेका छन् ।

गुठीचौरका तीन बगैँचाको लगानी ३० करोड

गुठिचौर गाउँपालिका वडा नं. ५ र ३ मा गरी झण्डै ३० करोड बढी लगानीमा तीन वटा बृहत् स्याउ बगैँचा निर्माण भएका छन् । जस मध्य सबैभन्दा ठुलो ‘गुठिचौर एग्रो फर्म’द्वारा निर्माण भएको बगैँचा हो । जहाँ १८ हेक्टर जमिनमा ४८ हजार विरुपा रोपिएको छ । बहादुर भण्डारीले २२ करोड लगानीमा २०७६ सालबाट नेपालकै दोस्रो ठुलो बगैँचा निर्माण गरेका हुन् । भण्डारीको बगैँचाको हाल फर्ममा फुजि, गाला, किंरड, फुजि, गोल्डेन लगायतका जातको स्याउ उत्पादन भइरहेको छ । बगैँचामा कृषि वैज्ञानिक समेत राखिएको छ । जसले नियमित अनुसन्धान गर्छन् । हाल पूर्व स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले समेत ५० प्रतिशत सेयर लिएका छन् ।


त्यस्तै, गुठिचौर ३ का टंक गरीले ‘श्री हिमाली टि एण्ड एन एग्रो फर्म’ मार्फतसाढे ७ करोड लगानीमा २२ हेक्टर जग्गामा १४ हजार बिरुवा रोपेर बृहत् बगैँचा निर्माण गरेका छन । त्यस्तै गुठिचौर ५ मै ‘सामुदायिक स्याउ उत्पादन समूह’ मार्फत ६५ हजार वर्ग मिटर जग्गामा सामूहिक स्याउ खेती भइरहेको छ । १ करोड लगानीमा निर्माण भएको बगैँचामा हाल २८ सय बिरुवा रोपिएको छ । यि तिनै वटा बगैँचाका गुठिचौर एग्रो फर्म,‘श्री हिमाली टि एण्ड एन एग्रो फर्म’ र सामूहिक स्याउ उत्पादन समूह गरी तीन फर्मले झण्डै साढे ३० करोड लगानीमा व्यवसायीक स्याउ खेती भइरहेको छ ।


त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय प्रसाद घिमिरेले स्याउलाई जुम्लाको समृद्धि सम्भव रहेको बताए । उनले स्याउ खेतीमाले यहाको पर्यटनलाई समेत महत्वपुण योग्दान दिने बताए । स्याउ खेती यहाको पर्यटन प्रवर्द्धन सँग जोडे जुम्लाले मनग्य आर्थिक भित्राउने सक्ने सम्भावना रहेको बताए । उनका अनुसार भूगोल सँगै स्याउको सिजनमा मनाङ मुस्ताङमा पर्यटकको आगमन वृद्धि हुने गरेको छ ।

त्यस्तै जुम्लामा पनि सिजनल पर्यटक भित्राउन स्याउ खेतीलाई पर्यटनसँग जोड्न आवश्यक रहेको पातारासीका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । उनले भने,’जुम्लामा स्याउबाट देखिएको आर्थिक समृद्धि, पर्यटन पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने छ । उनले भने,”जुम्ली स्याउको बारेमा जुम्लाका पत्रकारले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।


त्यस्तै गुठ्रीचौर गाउँपालिकाका उपाध्यक्ष शान्ति मल्ल ,भण्डारीले ,मिनबहादुर भण्डारी कर्णाली कृषि क्षेत्रको सम्मानित व्यक्ति भएको बतइन । उनले कर्णालीवासीले उहाँबाट सिक्नुपर्छ । फुजि स्याउको विशाल बगैँचा जुम्लामा स्थापना भएको सन्देश फैलाउने जरुरी रहेको बताइन । बगैँचा निर्माणको लागि ८७ जनाको जग्गा लिजमा लिइएको छ ।


त्यस्तै पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले स्याउको बगैँचाले स्थानीय स्तरमा रोजगारी दिनु राम्रो काम भएको बताइन । उनले भनिन, गाउँमै नेपालकै ठूलो बगैँचा स्थापना भएपछि नमुना काम हो ।

त्यस्तै तातोपानी गाउपालिकाका उपाध्यक्ष रेवती रावलले कृषि रोजगारीको आधार बन्न सक्ने बाटो गुठीचौरले खुलाएको बताइन । उनले भनिन,’अबको समृद्धी केषिबाट मात्रै सम्बभ छ । सबै भन्दा पहिले पहिले सडक ,बत्ती पहिलो प्रथामिकता राखेर काम गर्नु पर्छ । उपाध्यक्ष रावलले यहाँबाट पलायन हुन खुट्टा उचालिरहेकालाई युवा शक्ति कृषिमा प्रयोग गर्न आबश्यक रहेको बताइन ।


त्यस्तै करोडौँको निजी लगानीमा निर्माण गरिएकका कर्णालीको पहिलो स्याउ बगैँचाले जुम्लाको आर्थिक समृद्धि, तथा रोजगारी सृजनामा टेवा पुग्ने देखिएको छ । कृषि विकास कार्यालय जुम्लाको आयोजनामा जिल्ला स्थित सरोकारवालाहरुको उपस्थितीमा गुठिचौरमा रहेका तीन वटा बृहत् बगैँचाको अनुगमन समेम गरिएको छ ।


त्यस्तै कृषि शिक्षा, कृषि अनुसन्धान र कृषि प्रसारलाई एउटै छानामुनि ल्याएर समन्वयात्मक रूपले सञ्चालन गर्न सकेको खण्डमा जुम्ला कृषि क्रान्तिको आधार बन्न सक्ने देखिन्छ । यसले गर्दा .देशका कृषिविद्हरूलाई आवश्यक प्रेरणासमेत दिएर दक्ष र सीपयुक्त जनशक्ति किसानको खेत र किसानको माझ पु¥याउनु पर्ने आबश्यकता छ । कृषकवर्गलाई आधुनिक कृषि प्रणाली र कृषि प्रविधिमा दक्ष बनाउन र अभ्यास गराउन अभिमुखीकरण, प्रशिक्षण र तालिमको व्यापक अभियान लाई निरन्तरता दिनु पर्ने यहाका स्याउ किसानहरुको माग छ ।

सम्बन्धित समाचार