तातोपानीको काकाकुल बाँइराकामा धौलीगाड खानेपानी आयोजनाको अन्तरक्रिया

जुम्ला ः तातोपानी गाउँपालिका १ बाँइराकागाउँ खानपानी अभाव हुँदा त्यहाका नागरिक अहिले पनि खोलाको दुषित पानी पिउन बाध्य भएका छन् । गाउँमा खानेपानीको अभाव भएपछि दिन नदिको खोलाको दुषित पानी खानु परेको स्थानीय मिम बहादुर शाहीको दुखेसो छ । उनले भने,’त्यही तिला नदिको पानी लिप्ट बाट लियर खाने गरीएको भएपनि पटक पटक बन्द हुने गरेको बताए । उनका अनुसार निर्वाचनमा यो गाउँको घरघरमा पानीका धारा बनाउने सबै पाटीका राजनीतिक एजेन्डा बने तर हामीले पानी खान पायनौँ ।अब निमार्ण हुदै गरेको बृहत धौलीगाड खानेपानी आयोजनाको शुद्ध पानी खानपाउने केही आशा पलाएको छ । त्यस्तै शुद्ध खानेपानीको हक संविधानमा उल्लेख गरिएको भएपनि आफूहरुले खोलाको दुषित पानी पिउनु परेको आर्का स्थानीय युवा बचन शाहीले गुनासागरे । उनले यो धौगाड खानेपानीको ओजना तोकिएको मितिमा सक्नु अनुरोध गरे ।


त्यस्तै बाँइराकागाउँको खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेका धेरैपटक सत्तामा पुगेको स्थानीय महिलाहरुले बताएका छन । उनीहरुका अनुसार सथानीय तहका जनप्रतिनिधि फेरिए तर खानेपानीको समस्या भने सधैँ उस्तै रहेको उनीहरुको गुनासो छ ।
त्यस्तै आयोजनालाई सफल बनाउन सबै नागरिकको सकरात्मक भुमिका आबश्यक रहेको तातोपानी १ का पुर्ववडाध्यक्ष प्रेम बाहादुर कठायतले बताए ।उनले भने ,“विकास चाहने तर सहयोग नगर्ने,आफ्नो एक भित्ता जमिन नछा्ड्ने सरकारी लाभ लिन खोज्ने प्रबृत्ति छ । जसले गर्दा विकास बाधक हामी आफै बन्छौ । राष्ट्यि महत्वको आयोजनाले बन्नुनै उत्साहको कुरा हो । छिटो छरितो निर्माण र आयोजनाको दिगोपनामा ध्यान दिन जरुरी छ । त्यस्तै आयोजना सफल बनाउन साथ दिने तातोपानी एका वाध्यक्ष कर्ण बहादुर कठायतले बताए । उनले बृहत धौलिगाड खानेपानी आयोजना दुर्त गतिमा हुनु पर्ने बताए।

त्यस्तै खानेपानीको चरम बढ्दो क्रममा रहेकाले स्थानीय सरकारले पहिलो प्रथामिकता खानेपानीलाई दिएको तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले बताईन । उनले यो आयोजना सबैको सहयोगमा सम्पन्न गर्नु पर्ने बताइन । उनले भनिन , खानेपानीको समस्या सबै साँझा समस्याका रुपमा हरिएको छ ।

त्यस्तै तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले वर्षायाम होस् या सुक्खायाम, यो आयोजनाको पानी पुगे पछि समस्या नहुने बताए । उनले तातोपानी गाउपालिकाको यो आयोजनाको पानी वितरण हुने हुने ठाउँमा बाधा पुगेको खण्डमा सहजिकरण गर्न तयार रहेको बताए ।


त्यस्तै कुल १ अर्ब २६ करोड ८ लाख ४९० रुपैया लागतमा निर्माण भईरहेको आयोजनाको पछिल्ला भौतिक प्रगती सन्तोषजन रहेको संघिय खानेपानी तथा ढल निकास आयोजनाका प्रतिनिधि चक्र बहादुर भण्डारी बताउछन ।उनका अनुसार पहिलो प्याकेजको भौतिक प्रगती ९.७५ प्रतिशत भएको छ । मुहान ईन्टेकदेखि टंयाकी निर्माण निर्माणको काम ५४ करोड ४१ हजार ५५ हजार लागतमा भईरहेको छ । भने दोस्रो प्याकेजको काम लक्ष्य ४ प्रतिशत रहेकोमा १७ प्रतिशत भौतिक प्रगती भएको छ ।

दोस्रो प्याकेजमा पाईपलाईन देखि धाराको काम ३७ करोड ७० लाख ५ हजारबढी लागतमा भईरहेको आयोजनाका प्रतिनिधि भण्डारीले जानकारी दिए ।तातोपानीका ६ वटा वडा,चन्दननाथका १० वटा वडा र गुठिचौरका ३ वटा वडा गरी जम्मा १९ वडाका ४४ हजार १ सय ६३ नागरिक आयोजनाबाट लाभान्वित हुने छ । भने ८ हजार ६ सय ९५ वटा धारा निर्माण हुने छन् । जसमा तातोपानीका १ देखि ६ नम्बर वडाका २७ सयबढी घरधुरी आयोजनाले प्रत्यक्ष लाभ लिने छन् ।

त्यस्तैसंघिय खानेपानी तथा ढल निकास आयोजनाका लेखापाल शन्तोष चौलागाईले संघिय सरकारको लगानीमा दुर्गम हिमाली जिल्लामा राष्ट्यि महत्वको खानेपानी आयोजना बन्नु आफैमा गौरबको विषय भएको बताए । उनले धौलिघाड आयोजनाले खानेपानी आयोजनाका बिषयमा उठेका प्रश्नको जफाव समेत दिएका थिए ।

 

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले धौलिघाड आयोजनाले खानेपानी तातोपानीको बाहिराकाँ क्षेत्रका सबै समस्या अन्त्य गर्ने अपेक्षा छ । राष्ट्यि महत्वको आयोजनाबारे आम लाभान्वित नागरिकले थाहा पाउन र विकासमा हुन सक्ने अबरोध नहोस् भन्नका लागि लक्ष्यले अभियानकै रुपमा धौलिघाड खानेपानी आयोजनाबारे अन्तरक्रिया गरिएको बताए ।


त्यस्तै धौलिगाड खानेपानी आयोजनाको पछिल्लो प्रगती तथा भविष्यमा आईपर्ने समस्या समधानबारे बिहिबार तातोपानी गाउँपालिका वडा नंं. १ मा पत्रकार महासंघको समन्वय तथा संघिय खानेपानी आयोजनामा अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा सहभागी स्थानीयले धौलिगाड आयोजनाले वर्षौदेखि खानेपानी अभावका समस्या अन्त्य गर्ने आशा व्यक्त गरेका छन ।धौलिगाड खानेपानी आयोजना प्रति तातोपानीका नागरिक उत्साहित भएका छन ।

जुम्लामा निर्माणधिन राष्ट्यि महत्वको बृहत्त गति लिँदा तातोपानीका नागरिक उत्साहित भएका हुन ।उक्त आयोजनाको २०६६ सालदेखि निर्माण शुरु भएको थियो । बीचमा बजेट अभावसंगै नागरिकको निष्क्रीयताले आयोजना अलपत्र परेको थियो । करिब साढे दुई दशक समय अस्तव्यस्त बनेको आयोजनाले गति लिँदा यहाँका लाभान्वित समुदाय उत्साहित भएका छन ।

सम्बन्धित समाचार