राजनीतिक अस्त्र बन्यो जुम्लाको फोहोर


जुम्ला : देशमा संघियता आएपछि जुम्लाका आठ वटै स्थानीयतहमा पहिलो पटक जनप्रतिनिधि आए । यि सबै राजनितिक दलका आ आफ्नै प्रतिबद्धता थिए । जुम्लाको  मुटु मानिएको एक मात्रै चन्दननाथ नगरपालिका उम्मेद्धवार बनेका  जनप्रतिनिधिले मुख्य प्रतिबद्धता फोहोर मुक्त नगरपालिका बनाउने गरेका थिए । चन्दननाथमा बढ्दो शहरीकरणका कारणले पनि फोहोर ब्यवस्थापन चुनौतीको बिषय हो ।


त्यो संघियताको पहिलो निर्वाचनमा चन्दननाथ नगर पालिकामा मेयर कान्तिका सेजुवाल र उपमेयर अप्सरा देवी न्यौपानले दुबै जना महिला निर्वाचित भए । उनीहरुको ५ वर्षे कार्यकालमा पनि फोहोर उठेन ।यहाबाट निर्वाचित हुने जनप्रतिनिधि देखी यहा आउने हरेक कार्यकारी सम्मको पहिलो एजेन्टा फोहोर ब्यवस्थापान गर्ने नै हुन्छ ।

त्यस्तै दोस्रो पटकको निर्वाचित हुने चन्दननाथका मयेर राजुसिंह कठायतको पनि पहिलो मुदा फोहोर ब्यवस्थापान थियो ।उनको चुनाव चिन्ह पनि धरो थियो । यहाका नगरबासीले निर्वाचन चिन्ह धारो भएकाले अब जुम्ला बजारको फोहोर राम्रो संग सफा हुन्छ  होला भन्ने ब्याङगे गर्थे । स्थानीय तह देखी संघ प्रदेशमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले जुम्ला बजारको फोहोर मुख्य एजेन्डा बनाउने गरे पनि जुम्लाले फोहोरबाट मुक्त पाउन सकेको छैन । तर जुम्ला बाजारको फोहोर उठन सकेको छैन ।

‘हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौं, फोहोरको रास लगाएर त्यो भित्र झन कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऊँ । राजनीति त्यस्तो हुँदैन ।त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । फोहोरलाई जुम्लाका राजनितिक दलहरुले प्रमुख    नचुनावी एजेन्डा बनाएको धेरै भई सक्यो ।


संघीयता कार्यान्वयन हुनुभन्दा पहिले जुम्ला, कर्णालीका पाँच जिल्लाको सदरमुकाम हो । अहिले कर्णालीकै दोस्रो सहर भनेर चिनिन्छ । जुम्ला प्राकृतिक हिसावले सुन्दर छ । कतिपयले भन्ने गर्छन्, ‘जुम्ला कर्णालीको मुटु हो’ । तर, जुम्ला बजार फोहोरबाट मुक्त हुन सकेको छैन, फोहोरबाट उद्धार खोजिरहेको छ ।

फोहोरले दुर्गन्ध बनिरहेको जुम्ला बजार हिडडुल गर्न पनि उकुसमुकुस हुने गरेको छ । व्यवस्थापनमा सम्बन्धित निकाय बेखबर छन । जुम्लाको पहिचान दिलाउने र अर्थ्याउने सबैका आ आफ्ना परिभाषा छन् ।स्थानीय तहको निर्वाचनमा यहाँका नेताहरुले स्मार्ट सिटी बनाउने आश्वासन दिए ।  निर्वाचित भएको ५ वर्ष पुग्यो उनीहरु घर फकिए । फेरी दोस्रो कार्याकालको लागी निर्वाचन भयो।  यो नगर न स्मार्ट सिटी बन्यो । नत बजारमा सरसफाइका क्रियाकलाप नै भए । कहिल्यै पनि सुन्दर सहर भएको अनुभुति यहाँका नागरिकले गर्न सकेनन । मेरो खलंगामा घर छैन्,खलंगामा बसेको पनि १३ बर्ष पुग्यो ।
तर, एक दशकमा नत खलंगाको मुहार बद्लियो, नत खलंगावासीको चेतनामा बिकास भयो । उल्टै वर्षेनी बजारमा फोहोर थुप्रिएर नाक बन्द गरेर आवत–जावत गर्नु पर्ने अवस्था आएको छ । यो भन्दा विडम्वना अरु के हुनसक्छ ?

खलंगाको मुख्य बजार सफा गर्न कुनै दिवस आउनु पर्छ अनि मात्रै सेना, सशस्त्र, प्रशासनले लागेर फोहोर उठ्छ । दिवस र चाडपर्वले बजार फोहोर उठेपछि नेपाली सेनाको टुडीखेल मैदानसँग जोडिएको जुगाढखोला कहिले सरसफाइ हुदैन ।
टुडिखेल मैदानमा नियमित सरसफाइ हुन्छ । यहाँ नियमित खेलकुदका क्रियाकलाप भइरहन्छन् । तर, त्यही मैदानको छेउतिरबाट बग्ने जुगाडखोला फोहोरबाट मुक्त पाउने दिन कुरेर बसेको छ । प्रत्येक दिन यहाँका स्थानीयले घर तथा पसल, होटलबाट निस्केको फोहोर जुगाडखोलामा ल्याएर फाल्ने गरेका छन् । कतिले त घरको ढल नै खोलामा मिसाएका छन् ।


दिनप्रतिदिन एक पछि अर्को गर्दै फोहोर फाल्नेको होड नै चलेको अनुभुति हुन्छ । एकातिर फोहोर ल्याएर खोलामा फालिरहेका हुन्छ । अर्कोतिर सरसफाइको लागि कपडा धुने गरिन्छ । जुगाडखोलालाइ फोहोर बनाउनेको कमी छैन् । सफा बनाउनेको अभाव छ ।
फोहोरबाट मुक्त पाउने बिषयमा प्रिय जुगाडखोला मात्र चिन्तित छैन् । जुम्लाको प्रसिद्ध मानेर बारम्बार पुजापाठ गर्न जाने चन्दननाथ र भैरबनाथको मन्दिरको अगाडी पछाडीका नाला पनि फोहोरको थुप्रोबाट उम्किन सकेका छैनन् ।


हिउँदको समयमा रुघाखोकी र बर्खाको समयमा झाडापखाला र हैजा फैलन सक्ने ठुलो खतरा बढेको छ । जुगाडखोलाको फोहोर व्यवस्थापन गरेर खलंगालाइ सुन्दर नगर बनाउने ब्यक्ति चिल्लोगाडी भित्र यात्रा गर्छन् । उनीहरुलाइ गाडीको सिसाले फोहोर देख्न दिदैन् । नत उनीहरुलाइ फोहोर भएको अनुभुति नै हुन्छ । पिडा त यहाँका बाटोमा हिड्ने बटुवालाइ छ ।

महिले पत्रकारीता गरेको झण्डै आठ वर्ष सम्म पुग्न थाल्यो । यो अवधिमा खलंगा बजार र जुगाडखोलाको बारेमा धेरै बुझ्न पाएँ । नेता ज्युहरु सुन्दर कारमा चडेर आए, दर्जन भन्दा बढि पटक जुगाडखोलामा कञ्चन पानी बग्ने अवस्था सिर्जना गर्ने भने । महँगो होटलमा बसेर मार्सी चामलको भात खाए । सिमिको दाल, स्याउको रक्सी पिए, ओखरको कोसेली लिन भ्याए । मैले यो देखिन्,‘ कसैले पनि जुगाडखोलामा सफा गर्ने योजना ल्याएनन् ।


जुगाडखोला सरसफाइ गर्न सचेतना फैलाउन सकेनन् । यहाको फोहोर उठनका लागी कुनै दिवस कुर्नु पर्छ । कहिले नेपाली सेनाले कहिले शशस्त्र प्रहरी , त कहिले नेपाल प्रहरीले फोहोर उठाउने गरुको पाइन्छ । मलाइ लाग्छ‘ जुगाडखोला पनि राजनीतिक अस्त्र बनीसक्यो ।त्यही जुगाड खोलाको ५ नम्वर वडा भित्र पर्ने भागमा गाडी मटर गुड्ने च्ल्लिो रोड बन्नु ,त्यही जुगाड खोला फाहोर थन्किनुले गुडको राजनितिमा परेको अनुभुती हुन्छ । जुगाडखोलाको स्वरुप फेर्न र जुम्लालाइ सफा र सुन्दर नगर बनाउन जुम्लामा कार्यरत पत्रकारले निकै खबरदारी गरेकै छन ।
स्थानीय प्रशासनको ध्यानाकर्षण गरायौँ, तर न जुगाडखोला सफा भएर बग्न थाल्यो, नत फोहोर फ्याक्ने क्रम रोकियो । नगरपालिका नागरिकले असहयोग गरेको बताउँछ । नागरिक नगरपालिका जिम्मेवार हुन नसकेको आरोप लगाउँछन् । फोहोर फ्याक्ने ठाउँ नभएर फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै नगरपालिका पन्छिदै अघि बढेको छ ।


जुम्लालाई फोहोरबाट मुक्ति कसले दिलाउने सबै निकाय  मौन छन ।नगरपालिकाको जुगाडखोला बारेमा कुनै योजना छैन् । नागरिक समाज मुकदर्शक बनेको छ । जुगाडखोला फोहोरबाट मुक्ति पाउनुको सट्टा हैजा फैलाउने कारक बनिरहेको छ ।नगरपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृतदेखि नगरप्रमुख र उपप्रमुख सबै जनप्रतिलिनिधिको स्थायी फोहोर व्यवस्थापन एजेण्डा बन्यो तर, अहिले सम्म यो एजेण्डाले मुर्त रुप पाउन सकेको छैन् ।चन्दननाथ नगरपालिकामा बढ्दो जनसंख्या र सहरीकरणले फोहोरमैला व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको छ ।


नगरक्षेत्रको फोहोर व्यवस्थापन गर्नको लागि अझै डम्पिङ  साइट निर्माण नगरिएकाले पनि समस्या भएको हो । चन्दननाथमा दैनिक करिब ४० क्विन्टल भन्दा बढी फोहोर निस्किन्छ । यहाँको फोहोर व्यवस्थापन नहुने हो भने जुम्ला निकै फोहोर र कुरुप जिल्लाका रुपमा स्थापित हुनेछ । अहिले सम्म जुम्लाको पछाडी लागिएका सबै उपमा व्यर्थ हुनेछन् । समयमै सोचौँ, जुगाडखोला सरसफाइमा जुट्न र सफा, सुग्घर र सुन्दर नगरका रुपमा स्थापित गर्न आबश्यक छ ।

सम्बन्धित समाचार