जुम्ला ः जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले भ्रष्टाचार शुसासनको बाधक तत्व रहेको बताए । प्रजिअ केशरीले बागेश्वरी असल शासन नेपालले आयोजना गरेको भ्रष्टाचार बिरुद्धको अभियानमा यस्तो बताएका हुन ।उनले भने, ’शुसासन बिना कुनै पनि देशको आर्थिक,समाजिक, साँस्कृतिक, राजनीतिक विकास सम्भव छैन ।
त्यसकारण हरेका नागरिक सचेत हुन जरुरी छ ।राज्यले हरेक संयन्त्रलाई जनमुखी ,सेवामुखि ,जवाफदेही र उत्तरदायी बनाई जनताको आबश्यकता अनुसार सेवा प्रवाह गर्नु र आम नागरिकलाई शासन सुखद अनुभुती दिलाउँने पद्वति वास्तविक शुसासन भएको बताए ।उनले भने, शुसासन प्रवर्द्वन र भ्रष्टाचार नियन्त्रण गर्नु आजको आवश्यकता हो । यो प्रहरी प्रशासनले मात्रै सम्बभ हुदैन रहेक नागरिकले आफनो कर्तब्य बिर्वाह गर्न जरुरी छ ।
कुनै पनि आयोजनाको भुत्तानि गर्नु भन्दा पहिले सार्वजानिक सुनाइ गर्नु पर्ने ब्यवस्था छ ।तर यहाका नागरिक सचेत भएर उजुरी दिदैनन् । सबै नागरिकलाई सुचना पाउने हकको ब्यवस्था राज्यले गरेको छ । तर त्यो कार्यान्वयन हुन सकेको छैन ।
त्यस्तै चन्दननाथ नगरपालिका दुइका वडाध्यक्ष हेम बहादुर बुढ्थापाले भष्टचार र गैरकानुनी कार्य निगरानीको गर्ने कार्य राम्रो पक्ष भएको बताए । उनले भने,’पैसा लिने र दिने मात्रै भष्टचार नभएको बताए । उनले भने,’ रहेक सार्वजनिक सेवा प्रदायक निकार्यमा हुने ढिलासुस्ती पनि अन्त्य हुन पर्ने बताए । उनका अनुसार जनताका आवश्यकता र समस्या प्रति स्थानीय सरकार क्रियाशील र उत्तरदायी भएको बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलमाया शाहीले चन्दनननाथ नगरपालिकामा संञ्चालित सामुदायिक बालबिकास केन्द्रमा र बालसंगठन लगायतका क्षेत्रमा भएको अनियमितताका बारेका बास नेपालको ध्यान जानुपर्ने बताईन ।उनले भनिन,’पत्रकार महासं शाखा जुम्ला राम्रो कामको लागी सधैभर तयार रहेने बताइन । उनले भनिन,’ यस बास नेपालले जनताको नजिकमा पुगेर सेवा प्रवाह गर्ने कार्यलाई जोडदिने गर्नुपर्छ ।भष्टचार नियन्त्रणका लागी रहेक क्षेत्रमा नागरिक सचेत बन्न जरुरी छ । उनका अनुसार कुनै एक जना लागेर भष्टचार नियन्त्रण हुदैन राज्यले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको नीतिलाई अवलम्बन गर्न आश्यक छ । उनले भनिन,’जुम्ली पत्रकार भ्रष्टाचार बिरुद्ध स्वच्छ भुमिका कलम चलाउने प्रतिबद्ध छन ।तर कार्यान्वयन गर्ने निकाएको ध्यान गएको देखिदैन ।
त्यस्तै बास नेपाल सामाजिक रुपान्तरणका लागि क्रियाशिल राष्ट्रिय गैर सरकारी संस्था बास नेपाल जुम्लाकी अध्यक्ष अनिता नेपालीले बताइन । उनले भनिन, यो संस्था देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ति, घुसखोरी जस्ता बेथितिका विरुद्ध ससक्त रुपमा क्रियाशिल रहदै आएको छ । उनका अनुसार ७७ जिल्ला शाखा, २० उपशाखा ८० ईकाई र ५ हजार वढि युवाहरु आबद्ध भएको यस संस्थाले असल शासन, सामाजिक जवाफदेहिता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, युवा सशक्तिकरण, स्वयंसेवा, बाल अधिकार, बाल संरक्षण, लैंगिक हिंसा न्यूनिकरण, सामुदायिक सशक्तिकरण र संस्थागत विकासका क्षेत्रमा काम गर्दै आईरहेको छ ।
भ्रष्टाचार विरुद्धको विश्वव्यापी संस्था ट्रान्सपरेन्सी इण्टरनेशनल नेपालको आवद्ध संस्था हो । उनले भनिन, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ति, घुसखोरी जस्ता बेथिति अन्त्ये गर्नका लागी सडक नाटक प्रदर्शन र जिल्ला प्रशाासनमा ७ बुद्दे ज्ञापन पत्र बुझाइएको छ । उक्त ज्ञापन पत्रमा जिल्लामा भईरहेका सबै खालका भ्रष्टाचारहरुको नियन्त्रण गरियोस,सरकारी साधनहरुको दुरुपयोगमा रोक लगाईयोस, नियमित रुपमा सार्वजनिक सुनुवाई गर्ने व्यवस्था मिलाईयोस, भ्रष्टाचार बिरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गरियोस, हरेक सरकारी कार्यालयमा सुचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने व्यवस्था मिलाईयोस, बिना झण्झट आवश्यक सुचना र सेवा सर्वसाधारणलाई उपलब्ध गराईयोस, असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गरियोस लगायतका माग राखिएको छ ।
भष्टचार निवारण ऐन र ब्यवस्थापन
ऐन २०६४नियमावली २०६५,भष्टचार निवारण ऐन ,२०५९,सँगठितअपराध निवारण ऐन २०७०,निजामती सेवा ऐन २०४९,सम्पत्ति सुदृढी करण निवारण ऐन २०६४,निजामती कर्मचारीको आचरण सँहिता सम्बन्धि नियमावली सङगठनात्मक ब्यवस्थाहरु,सँसद सँसदीय समितिहरु,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,राजस्व अनुसन्धान विभाग ,महालेखा परिक्षकको कार्यालयको पनि ब्यवस्था छन ।
त्यस्तै, बेलाबेलामा भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूमा सुशासन र सदाचार व्यवहारसँग तीन पुस्ते नाता नभएका व्यक्तिलाई नेतृत्व गर्ने अवसर दिँदा र ती संस्थालाई पद्धति केन्द्रित नभइ व्यक्ति केन्द्रित गरिँदा भ्रष्टाचारको नियन्त्रण होइन भ्रष्टाचारको छाल आकासिएको आम रूपमा महशुस भएको पाइन्छ ।