काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा सत्तागठबन्धनबाट नै घेराबन्दी भएको गुनासो गरेका छन् ।
आज बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले सत्तागठबन्धनका सहयात्री दलहरुले नै सरकार संचालनमा घेराबन्दी गरेको छ ।
माओवादीले पुरानो गठबन्धन नभत्काकोले अपजस लिनु नपरेको बताएका प्रचण्डले बैठकमा बताएका थिए । उनले पुरानो गठबन्धन भत्केपछि नयाँ गठबन्धन बनेको उल्लेख गरेका थिए ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सरकार बनेदेखिको समग्र राजनीति, सरकार निर्माण र सरकार निर्माणपछि भएका सप्ठेरा(अप्ठेराका बारेमा ब्रिफिङ गरेका थिए । उनका अनुसार सरकार निर्माणभन्दा पहिला पनि असहज अवस्था आएको र गठबन्धन भत्काउन कांग्रेसलाई उचालेकाले नै गठबन्धन भत्केको प्रचण्डले बताएका छन् ।
बैठकमा प्रचण्डले सरकार बनेको दिनदेखि नै ओलीले अप्ठेरो मात्र बनाएको गुनासो बैठकमा गरेको ती पदाधिकारीले बताए । ‘एमालेसहितको समर्थनमा प्रधानमन्त्रीको दाबी गरियो । दोस्रो दिन शपथग्रहण गरियो । शपथग्रहणमा प्रधानमन्त्रीसहित एक(एक जनाले शपथग्रहण गर्ने भनियो,ु प्रचण्डलाई उद्धृत गर्दै उनले भने, ुतर, शपथमा एमालेले चार जना मन्त्री पठायो । भन्ने एक, गर्ने अर्को ओलीको पुरानो बानी अझ पनि उस्तै छ ।’
बैठकमा प्रचण्डले समग्र राजनीतिका बारेमा ब्रिफिङ गरेका थिए । एमालेसँग गठबन्धन भए पनि ओलीको व्यहारप्रति प्रचण्ड सन्तुष्ट नरहेको ती नेताले बताए । सहज वतावरण बनाउनुभन्दा पनि अप्ठेरो पार्ने र राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग मिलेर आएर बैठकमा घेराबन्दी गर्ने गरेको बैठकमा प्रचण्डले बताएको ती पदाधिकारीले बताए ।
शपथग्रहणपछि पोर्टफोलियोमा नेकपा हुँदा पनि पछाडि रहेका विष्णु पौडेललाई नारायणकाजी श्रेष्ठभन्दा माथि हुनुपर्छ भनेर माथि राख्न लगाए । ओली राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग मिलेर आउने अनि घेराबन्दी गर्ने गरिराख्नुभएको छ, प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ुमन्त्रालय बाँडफाँटमा पनि मिलाएर लैजाऊँ भन्दा आफूले मात्र राम्रा(राम्रा मन्त्रालय छान्नुभयो । भएन भनेर रास्वपा र राप्रपालाई पनि अप्ठेरो पार्न लगाउनुहुन्छ ।’
बैठकमा प्रचण्डले गठबन्धन बनाउन सहज भए पनि सरकार चलाउन भने असहज हुँदै गएको बताएका थिए । अहिले माओवादी, एमाले, रास्वपा, राप्रपा, जनमत पार्टी सरकारमा छन् । तर, ओलीले छानेर राम्रा मन्त्रालय लिएर अरुलाई किनारा पारेको पनि उनले बताए ।
विश्वासको मत लिने दिनसम्म चारैतिरबाट अप्ठेरो बनाउने काम बढी भएको गुनासो पनि प्रचण्डले गरेको एक स्थायी कमिटी सदस्यले बताए ।
राष्ट्रपतिका बारेमा आजको बैठकमा धेरै छलफल नभए पनि एउटै पार्टीलाई सबै कुरा बुझाउँदा के होला, सबैले मनन् गरौँ भनेर कुरा उठेको अर्का एक पदाधिकारीले बताए । ती पदाधिकारीका अनुसार, ‘सबै पद एउटै पार्टीलाई दिँदा भोलिको दिनमा के अवस्था आउँछ, सबैले बुझौँ । त्यही भएर के गर्न सकिन्छ, सबै मिलेर छलफल गरौँला । अवस्था सहज छैन ।’
सरकार बनाएको एक महिना बितेको भोलिपल्ट बसेको माओवादीको स्थायी कमिटी बैठकमा जति खुसी प्रचण्ड हुनुपर्ने हो, त्यति खुसी नदेखिएको सहभागी नेताहरूले बताए । पुरानो गठबन्धन भत्केपछि नयाँ ठाउँमा गयो तर त्यहाँ पनि सहज नभएको, अप्ठेराहरू झन् बढी भएको बैठकमा प्रचण्डले ब्रिफिङ गरेका छन् । विश्वासको मत पाउने दिनसम्म झनै प्रेसरमा काम गर्नुपरेको अनुभव पनि सुनाएको एक पदाधिकारीले बताए ।
आजको बैठकमा प्रचण्डले राष्ट्रपतिका बारेमा धेरै कुरा नगरे पनि एमालेलाई दिन अनिच्छुक देखिएको बताइन्छ । सकेसम्म सहमतिमा अरु दललाई राष्ट्रपति दिन अथवा आफैँलाई राख्ने मनसाय प्रचण्डको रहेको बताइन्छ ।