सुनील उलक
नेपाली आकाशमा 9N-ANC कोड अंकित ATR विमानमा एPratt & Whitney Canada PW127F मोडलका दुई इञ्जिन रहेको सन् २००७ को अगस्ट १ मा निर्मित विमान हो ।
lsf Investec कम्पनीले खरिद गरेको सो विमान भारतीय विवादित विमान कम्पनी किङफिसरलाई लिजमा उपलब्ध गराएपछि VT-KAJ कोडका साथ सन् २००७ को अगस्ट १७ बाट भारतीय आकाशमा उड्न थालेको थियो । कन्स्ट्रक्सन नम्बर ७५४ रहेको सो विमान सन् २०१२ को अन्त्यमा किङफिसरले फिर्ता गरेको थियो ।
त्यसपछि अप्रिल २०१३ मा मर्मत गरी थाइल्यान्डको नोक एयरलाई पुनः लिजमा उपलब्ध गराएको थियो । सन् २०१९, २६ अप्रिलबाट भने नेपाली विमान कम्पनी यति एयरलाइन्सले लिजमा लिएर नाइन एन(एएनसी कोडमा उडाउन थालेको थियो । सो विमानले आज बिहानदेखि तीन उडान गरेको थियो । बिहान ७ बजे काठमाडौंबाट पोखरा र ७स्४५ मा पोखराबाट काठमाडौं फर्केर पुन १०स्३२ मा काठमाडौंबाट पोखराका लागि उडेको थियो । यसरी साढे ३ घण्टामा तीन उडान गर्दा बीचमा विमानको परीक्षण गरियो वा गरिएन, सोचनीय छ ।
अविश्वसनीय यस दुर्घटनाको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि महत्त्वपूर्ण विमान पनि थियो । यही विमानले पुस ७ गते नवनिर्मित विमानस्थलमा डेमो उडान गरेको थियो भने पुस १७ गते उद्घाटन समारोहका दिन उडान गर्ने पहिलो जहाज पनि यही थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अवतरणको अनुमति पाइसकेको सो विमान के कति कारणले पुरानो पोखरा विमानस्थलनजिकै दुर्घटना भयो भन्ने यकिन जानकारी प्राप्त भएको छैन । धेरैका धेरै तर्क बितर्क आएका छन् । बस्तीमा विमान नखसेर सेती खोँचमा खसेका कारण पाइलटले विमानभित्र कुनै टेक्निकल खराबीका कारण दुर्घटना हुन सक्ने आकलनले अन्य मानवीय क्षति हुनबाट जोगाएको आभास हुन्छ ।
दुर्घटनाग्रस्त सो विमानमा ५ भारतीय, ४ रसियन, २ कोरियन, १ आइरिस, १ अर्जेन्टिनी, १ फ्रान्सेली, १ अस्ट्रेलियाली तथा ५३ नेपाली थिए । जसमा अन्य दुई बालक र तीन शिशु पनि रहेको जानकारी दिइएको छ । साथै, ४ विमान कर्मचारीमा दुई एयर होस्टेस तथा दुई पाइलट थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार दुर्घटनाग्रस्त विमानबाट कुनै पनि यात्रु जीवित उद्धार गरिएको छैन ।
पोखराको विमानस्थलमा यति ठूलो मानवीय क्षति भएको यो पहिलो घटना हो ।
सुनिल उलकको फेसबुकबाट साभार ।