जुम्ली भेडाको ऊनबाट आम्दानी गर्न तिला पाँचमा राडिपाखि उद्योग स्थापना

जुम्ला ःजुम्लाको तिला गाउँपालिमा ५मा राडीपाखि उद्योग स्थापना गरिएको छ । भेडाको ऊनको सदुपयोग बाट स्थानीय स्तरमा आम्दानी बढाउनका आधुनिक प्रविधियुक्त राडिपाखी उद्योग स्थापना गरिएको हो । तिलागाउपालिका ५ ढिम्कोट चुलाकोट, डुँग्री गाउको मुख्य आम्दानीको पेसा भेडा पालन हो ।त्यहा धेरै जसो किसानका घरमा २० देखि ५०वटा भेडा पनि पालन गर्दै आएका छन ।तर उनीहरुले भेडाको मासु बाहेक ऊनबाट खासै आम्दानी गर्न सकेको छैनन । ,

त्यहाका भेडापालक किसानको ऊनको बजारी करण गर्नका लागी उद्योगको स्थापना गरिएको तिला ५का वाडाध्यक्ष ललित बहादुर शाहीले बताए । उनले भने,‘एका तर्फ भेडा पालक किसानको आम्दानी बढ्ने छ ,भने अर्को तर्फ राडीपाखी उद्यागोगले यहाका केही वेरोजगार युवाले रोजगारी पाउने छन ।उनका अनुसार यहाको उनको उत्पादन जुम्लाको एक गतिलो पहिचान बन्ने छ । यसका लागी बजारी करणको लागी वडासरकारले आबश्यक पहल गर्ने छ ।

त्यस्तै पशू अस्पताल तथा पशुसेवा कार्यालय जुम्ला प्रमुख तथा पशु विकास अधिकृत गोबिन्द बहादुर महतले पछिल्लो समयमा नेपालका भेडाको उत्पादन घट्दो क्रममा रहेको अबस्थामा जुम्लामा भेडाको उत्पादन बढ्दै गएको बताए । उनले,भने,यस कारण यहाका किसानका लागी सरकारले नै बिषेश खाल्का भेडा पालनका लागी कार्यक्रम लागु गरेको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयको एक पालिका एक पशु सेवा अन्तरगतको कार्यक्रम हो । महतले भने,‘जसमा लितागाउँपालिका पाँचावडामा माईथाप्ला भेडा पेकेट संञ्चालन समितिको पहलमा ९ लाख ५० हजार सहयोग पशू अस्पताल तथा ,पशुसेवा कार्यालले राडीपाखी उद्योग स्थापनाको लागी सहयोग गरेको हो । यसको लागी गाउपालिकाले तत्काल ६ लाख सहयोग गरेको छ । भने, १लाख ५० हजार नागरिकको स्वयमको श्रमदान रहेको छ ।

भेडाको ऊनबाट किसानको आयस्रोत बढाउनका लागी साढे १७ लाखको लगानी भएको छ । उनले भने, आर्थिक वर्ष २०७७ । ७८मा २० लाख सहयोग यस कार्यालयबाट र ६लाख पालिकाले सहयोग गरेको थियो । तिलामा ऊनको उत्पादन बाट राडी पाखी ,सुईटर ,लिउ ,पाखी जस्ता सामाग्रीको  उत्पादन बढाउनका लागी आधुनिक वासर मेसिन सहितको उद्योग स्थापना गरिएको हो । उनले भने,‘यहाको उनको उत्पादनको बजारीकरणका बिषयमा पहल गर्ने समेत बताए ।यहाको उनको उत्पादले पहिचान बनाउने अपेक्षा सहित हामीले सहयोग गरेका छौ ।
यो सहयोग निरन्तर रहिरहने छ । उनले थपे अघिल्लो वर्ष भेडाको संख्या थप गर्नका लागी केही सहयोग गरिएको थियो । यस पटक उद्यागेगको लागी सहयोग गरिएको हो । यो कार्यक्रमको परिक्षणको क्रममा रहेका छौँ । सरकारले अनुदान दिएका भेडाको उत्पादन बढाइ आत्मा निर्भर तिला बनाउने कामको जिम्मेवार किसान रहेको बताए ।

त्यस्तै तिलागाउपालिका ५का पुर्व अध्यक्ष कालि बहादुर बुढाले स्थानीय स्तरका बोरोगार युवालाई रोजगारी दिने उश्यले माइथाप्ला भेडापकेट संञ्चालन समिति बनाएको बताए । उनले भने ,यहको मुख्यआय स्रोत भेडा नै हुन ।तर भेडा किसानले खासै उनबाट लाभ लिन नसकेको बताए । उनले भने , हातले बनाइने उनको सामाग्री उत्पादन गर्न एक महिनौ दिन लाग्ने भएकाले यस्तो आधुनिक प्रविधियुक्त राडीपाखी उद्योग स्थापना गरेको बताए ।पुर्व वडाध्यक्ष बुढाले अब भेडा किसानले हातले उन्छुन्न पर्ने छैन । सबै किसानको उन यो उद्योगले खरिद गर्ने छ ।यहा उत्पादन गरेको उनको सामाग्रीले यहाका किसानको आम्दानीको स्रोत बन्ने बताए । उनले यहा बत्तीको समस्या रहेको छ । बत्तीको लाइन बिस्तारको लागी पहल गरिएको छ । यो उद्योगको स्थापना भए पछि उनबाट लिउ, कोट , सुइटर , राडीपाखी , पटुवा जस्ता सामाग्री उत्पादन हुने छ ।
त्यस्तै तिलागाउँपालिका पाँचका स्थानीय तथा माइथाप्ला भेडा पकेट संञ्चालन समितिका अध्यक्ष कालो रावतले मेसिनको प्रयोगले उनबाट बिभिन्न सामाग्री निमार्ण गर्नका लागी दक्ष प्रशिक्षकको ब्यवस्था गरिएको छ । उनले भने, तिला पाँचका पाँचजना युवाले यो तालिम लिइरहका छन ।उनका अनुसार तालिम लिनेमा बुद्धीमान बुढा, बल रावत बिरेन्द्र बुढा लगायतका ५ जनाले २० देखि २५ दिनको तामिल लिने छन ।

 

 

 

सम्बन्धित समाचार