जुम्लाका पत्रकारलाई अधारभुत तालिम : ग्रामिण भेगका समस्या उजागर गर्नु पर्नेमा सरोकारवालाको जोड
जुम्ला ः जुम्लका पत्रकारलाई १५ दिने तालिम सूरु भएको छ । सामाजिक बिकास कार्यालय जुम्लाको आर्थिक सहयोग , नेपाल पत्रकार महासंघ शाखा जुम्लाको समन्वयमा र वर्षा मल्टि प्रपोज मिडियाको आयोजनामा जुम्लाका क्रियाशिल पत्रकारलाई रेडियो पत्रकारीता ,उद्घोषण तथा ,अधारभुत पत्रकारीता सम्बन्धीत तलिम बुधबार सूरु भएको हो ।
बेरोजगार युवा युवतीको लागी सिपबिकास कार्यक्रम अन्तरग सामाजिक बिकास कार्यालयले जुम्लाले पत्रकारका लागी क्षामता अभिबृद्धी कार्यक्रम गरेको हो ।
त्यस्तै पत्रकारको क्षामता अभिबृद्धी कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिहं कठायतले पत्रकारीताको पेसा मर्यादित बनाउनका लागी नगरपालिका तयार रहेको बताए ।उनले यस्ता कार्यक्रम आबश्यबता अनुसार पटक, पटक गर्नु पर्ने बताए । पत्रकार दक्ष नभएको खण्डमा समाजको बिकास सम्बभ छैन ।उनका अनुसार नगरपालिकाले पत्रकारको हकहित संरक्षणका लागी आबश्क बजेटको ब्यवस्था गर्न तयार रहेको बताए ।
त्यस्तै तिलागाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले पत्रकारले एक पक्षिय समाचार लेख्न नहुने बताए । उनले भने,पत्रकार समाजको एक ऐना हो । पत्रकारले समाचार बनाउदा मनोमानी तवरले नभयर सत्य तत्यमा आधारित बनाउनु पर्ने बताए ।
त्यस्तै तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले पत्रकारीता पेसा समस्या उजार गर्ने पहिलो माध्यम भएको बताइन ।उनले पत्रकारले प्रत्येक बस्ती स्तरमा पुगेर आवाज विहिन नागरिकको सारथी बन्न अनुरोध गरिन ।उनले आफ्नो पालिकाको तर्फबाट पत्रकारको क्षामताबृद्धीका लागी सहयोग गर्न तयार रहेको बताइन ।
त्यस्तै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनकृष्ण पाण्डेले जुम्लाको पत्रकारीता ग्रामिण भेगमा नपुगेको बताए । उनले भने,‘जब सम्म पत्रकार समाजमा पुग्दैन ,तब सम्म बास्तबिक नागरिकको समस्या आउन नसक्ने बताए । उनले पत्रकार आफ्नो पेसामा स्वच्छ र निपक्ष हुन जरुरी रहेको बताए ।
त्यस्तै पत्रकार महासंघका पुर्व अध्यक्ष भिम सार्कीले पत्रकारीता पेसा पैसा कमाउने पेसाको रुपमा नलिन अनुरोध गरे । उनले पत्रकार बिशुद्ध समाजको सेवक हो । जन्ताको दवेको आवाज उजागर गर्ने माध्यम हो ।उनले भने, हामीले दिने सुचना सत्यमा अधारित हुन पर्छ ।
पैसाका लागी पत्रकारीता पेसा रोज्ने पत्रकारीताको धर्म होइन । उनले भने, स्थानीय तहले, संञ्चार बुझन जरुरी रहेको बताए । उनले दन्द्धको बेला एक समाचार पठाउन ,वा छाप्नको लागी १३ दिन लागेको स्मरण गराउदै स्थानीयतहका जनप्रतिनिधिलाई संञ्चारक्षेत्रको लागी आबश्यक बजेटको ब्यवस्था गर्न अनुरोध गरे ।
त्यस्तै दन्द्धमा पत्रकारीता गर्दै आएका केबि जुम्लीले पछिल्लो समयमा पत्रकारीताको बिकास भएको बताए । उनले आफुले पत्रकारीता गर्ने समयमा जनयुद्ध र राज्य दुबैपक्षबाट पत्रकार समस्यामा थिए । उनले यति बेलाका पत्रकारले समाचार लेखे पछि कहिले प्रहरीको हिरासतमा,कहिले नेपाली सेनाको क्यापमा त कहिले प्रशानमा थुनिने गरेका थिए । अहिलेको पत्रकारीता सहज र सरल भएको छ । पत्रकारका हकहितका लागी काम गर्ने पत्रकार महसंघ शाखा स्थापना भएको छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले पत्रकारले दिएको हरेक सुचना जनताको हितका लागी हुन जरुरी छ ।उनले भनिन, सकरात्मक कुरा लेखेर पनि समाजलाई सचेत बनाउन सकिन्छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले यो तालिमले जुम्लामा अब्बल पत्रकारको जनशक्ति उत्पादन गर्ने आशा ब्यक्त गरे । उनले भने, तालिम एउटा बाटो देखाउने माध्यम हो । त्यो बाटोमा कसरी हिड्नु पर्छ भन्ने जिम्मा स्वयम सहभागीको हुने छ । उनले ,‘पत्रकार महासंघ पत्रकारका हक अधिकारका लागी प्रतिबद्ध रहेको बताए ।