जुम्ला : जुम्लाको कनकासुन्दरीमा खस सभ्यता सम्बन्धी राष्ट्रिय सम्मेलन भएको छ । कनकाशुन्दरी गाउँपालिकाको वडा नम्बर ५मा रहेको कनकासुन्दरी माध्यमिक विद्यालय लुड्कुमा दुई दिने खस सिजा राष्ट्रिय सम्मेलन गरिएको भएको हो ।
त्यस्तै नेपाली भाषाको उद्गम स्थल तथा तत्कालिन खस राज्यको राजधानी जुम्लामा खस सभ्यता,सस्कृति, भेषभुसा संरक्षण गर्न सम्मेलनको आयोजना गरिएको छ ।
त्यस्तै क्षेत्री समाज राष्ट्रिय महासंघ केन्द्रीय कार्यसमितिले दुई दिने खसभाषा, सभ्यताका संरक्षणका लागी ९ बुद्धे घोषणापत्र जारी गरेको छ ।सो सम्मेलनले जारी गरेको घोषणापत्र पत्रकार तथा सस्कृतका जानकारहरु विचमा प्रस्तुत गरेको छ ।
त्यस्तै ईतिहासकार डाक्टर रमेश ढुंगेलले प्रस्तुत गर्नु भएको घोषणा पत्रमा धर्म सस्कृति, सभ्यता, सस्कृति र ईतिहासलाई अगाडि बढाउने प्रतिवद्धता गर्ने, र अगाडि बढाउने उद्देश्यले ९ बुद्धे घोषणा पत्र जारी भएको छ ।
त्यस्तै घोषणापत्रमा खस सभ्यता, भाषा, ईतिहासको संरक्षण उत्थान र निरन्तरता र व्यापकताका निम्ति कटिवद्ध रहने र यसका निम्ति सरकार संचालित संघ संस्था र निकायहरु सँग सहकार्य र समन्वयमा अघि बढ्ने, खस सभ्यता र भाषा सास्कृतिको बिषयलाई सम्वोधन गर्न कनकासुन्दरी गाउँपालिकाबाट सिञ्जामा केन्द्र राखी खस सभ्यता अध्ययन अनुसन्धान प्रतिष्ठान स्थापना गर्ने गराउने कार्यक्रम बनाई अघि बढाउने।
ऐतिहासिक खस साम्राज्य अन्तरगतका अन्तरगतका विशेषगरी सिँजा उपत्यकाको विकासका निम्ति शिक्षा, स्वास्थ्य, खानेपानी सड्क, यातायात, बिजुली, सिचाई पर्यटन, पुलपुलेसा भवन, कृषि खेतिपाति आदी क्षेत्रमा विशेष कार्यक्रमका साथ अगाडि बढाईने, खस सभ्यता सास्कृति ईतिहास र नेपालको राष्ट्रियताका सम्वन्धमा विशेष काम गर्ने श्री योगी नरहरी नाथ लगायत पछिका अन्य अन्वेषकहरुलाई समेतलाई समय परिस्थिति अनुरुप सम्मान, पुरस्कार तथा उचित कदरको व्यवस्था गरिने गराउने, खस सभ्यता तथा मष्टो परम्परा सम्वन्धी सनातन हिन्दु परम्पराको सम्वोधन र उत्थानका निम्ति खस समुदाय र ऐतिहासिक खस नितिलाई आत्मसाथ गर्दै गौरवपूण स्वाधिनता भित्रको समन्वयवादी चलनको पुर्नउत्थानका निमित्त समउ अनुकुल आवश्यक कदम अगाडि बढाउने,।
काठमाण्डौमा खस सभ्यता तथा ईतिहास परम्परागत अध्ययन अनुसन्धान केन्द्रको स्थापना गरि कार्यक्रम अगाडि बढाईने ,उक्त संस्था र सिँजामा स्थापना हुने स्थानीय केन्द्रको विच विशेष समन्वयको व्यवस्था गर्ने, हिमाली सभ्यताको वैद्धिक सनातन मष्टो, बौद्ध र स्थानीय अरु परम्परा, यस क्षेत्रका परम्परामाथी नकारात्मक प्रभाव पार्ने, धर्म परिवर्तन गर्ने गराउने रोक लगाउने, कर्णाली क्षेत्रका सवै संघ सस्था महानुभावहरु हाम्रो संस्थागत कार्यक्रम र उद्देश्यकका निम्ति भएका र भविश्या हुने कार्यक्रमका निम्ति विशेष कृतज्ञता र धन्यवाद अर्पण गर्ने, सिँजाको मुल स्थल मध्य हाडसिँजा वा कुनै ठाउँमा पुस्तकालय स्थापना गर्ने, सिञ्जा उपत्यकालाई समग्ररुपमा विश्व सम्पदा सुचि र राष्ट्रिय सूचीमा सुचिकृत पहल गर्ने लगायतका बिषय घोषणा पत्रमा उल्लेख छन् ।
घोषणापत्र जानकारी र खससस्कृतिका बिषयमा छलफलमा ईतिहासकार डाक्टर रमेश ढुंगेलले खस सभ्यता जोगाउन अवका सवै व्यक्ति लाग्ने बताए । उनले सस्कृति विना समाज र मुलुक कमजोर हुने भएकाले खस राज्यको ईतिहासको थप संरक्षण गर्नुपर्नेमा जोड दिए ।
राजनितिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले, धर्म र सस्कृतिलाई विर्सनेहो भने मानव सभ्यतानै सकिने भएकाले सिँजा सभ्यताको संरक्षण अभियानमा आफु लाग्ने समेत बताए ।स्थानीय रामकृष्ण बुढ्थापाले सिँजा सभ्यता सँग, खस सभ्यता भित्रका मौलिक र महत्वका बिषयमा अवको यूवापुस्ता लाग्नुपर्ने छ । उक्त खस सम्मेलनमा स्थानीय पोषाक, कला, सस्कृति समेत प्रदर्शन गरिएको थियो ।