विश्वको अग्लो स्थान छुमचौर ज्यूलामा रोपियो मार्सी धान

जुम्ला   : जुम्लामा रोपाइ सुरु भएको छ । जुम्लामा मात्रै पाइने मार्सी धान किसानले रोप्न सूरु गरेका छन । यस पटक कृषि अनुसन्धान केन्द्रले पनी किसानलाई बिउ बितरण समेत गरेको छ । जुम्लाका कृषकलाई यस पटक रोगमुक्त कालीमार्सी धानको वीउ वितरण हो। कृषि अनुसन्धान केन्द्र जुम्लाले पातारासी गाउँपालिका – ३ छुमचौर ज्यूलोमा बलाष्ट रोगमुक्त सुधारिएको जुम्ली कालीमार्सी धान वीउ (बेर्ना) रोपाई दिवसको अवसरमा वितरण गरेको बताएको छ ।
लामो समय कृषि अनुसन्धान केन्द्र जुम्लाले आफै अनुसन्धान गरी यसवर्ष देखि कृषकसम्म पु¥याउनका लागि छुमचौर ज्यूलोमा रोगमुक्त सुधारिएको जुम्ली मार्सी धानको वीउ रोपिएको छ ।
त्यस्तै छुमचौर ज्यूलो विश्वकै अग्लो स्थाल २८५० मिटर उचाईमा कालीमार्सी धान फल्ने स्थान हो । तर अहिले यो ज्यूलोमा बर्षमा एक गहु वा सिमि मकैँ आलु मात्रै लगाने गरिन्छ । फाटफुट रुपमा यो ज्यूलोमा धान रोपिने गरेपनि एक दशकदेखि यहाँका कृषकले धान रोप्ने गरेका छैनन् ।
त्यस्तै स्थानीय कमलसिंह बोहराले धानमा रोग लाग्ने उत्पादन नहुने र असिनापानीले क्षति गर्ने गरेका हुनाले धान रोप्ने छोडिएको हो । उनले भने, धान रोप्ने सिजन र पाटनमा बहुमुल्य जडिबुटि यार्सा टिप्ने सिजन एउटै हुने हुनाले पनि धान रोप्न छोडिएको हो ।
धान भन्दा यार्साबाट बढी आम्दानी हुन्छ । यार्सा टिप्ने सिजनमा सवै पाटन तिर जाने र रोपाईका लागि हली बाउसे, रोप्नेरी कोही पनि घरमा नहुने हुनाले धान रोप्न छोडिएको उनले बताए ।
काली मार्सी धान अहिलेसम्म सूचीकृत छैन
जुम्लाका किसानका अनुसार ,‘पहिलो हरेक वर्ष धान रोपेपछि १४ बोरा धान उत्पादन हुने गरेको थियो तर अहिले रोप्न पनि छोडियो ५० केजी पनि धान उत्पादन हुदैन । विश्वको सबैभन्दा अग्लो स्थानमा फल्ने काली मार्सी धान अहिलेसम्म सूचीकृत छैन ।कृषि अनुसन्धान केन्द्र जुम्लाका बरिष्ठ बैज्ञानिक रेशम बाबु अमगाईका अनुसार जुम्ली मार्सी बलाष्ट रोग संक्रमणले उत्पादनमा ह्रास आउने गरेको थियो । यही छुमचौर ज्यूलोमा उत्पादन हुने मार्सी धान लामो समय अनुसन्धान गरी रोगमुक्त सुधारिएको जुम्ली मार्सी धानको बीउ उत्पादन गरी कृषकको खेतबारीमा रोपिएको छ ।

सुरुमा कृषि अनुसन्धान केन्द्रभित्रै रोप्ने गरेका थियो । यो बर्षदेखि कृषकलाई वीउ वितरण गर्नका लागि जहाँबाट वीउ लिएर अनुसन्धान गरी त्यहीबाट रोगमुक्त सुधारिएको जुम्ली मार्सी धान बीउ रोपेका छौँ । यसैबाट हरेक कृषकको घरमा रोगमुक्त धानको वीउ फैलने उनले बताए ।
कृषि अनुसन्धान केन्द्र जुम्लाले बर्खेबाली चिनो, कागुनो, फापर, मकै, कोदो, मार्सी धान, गहत र सिमी अनुसन्धान भइरहेको बताएको छ । त्यस्तै हिउँदे बाली जौ गहुँ, मुसुरो, चौली जौ अनुसन्धान हुने गरेको छ ।’ चन्दननाथ वडा नम्बर १ ३ र लेकाली १ र ३ हजार ४८, १ के ३, ७, ९ र जुम्ली मार्सी, धान यस पटक सिफारिस गरिँदै छ । त्यस्तै, सिमी केबिएल १,२,३ सिफारिस गरिएको छ ।

 

 

 

सम्बन्धित समाचार