राष्ट्रियसभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ः०० बजेदेखि राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक प्रावधान छ ।
यसैबीच राष्ट्रियसभाले आज एक सूचना जारी गर्दै सभाको चालु अधिवेशन अन्त्य भएको सूचना प्रकाशन गरेको छ ।








