जेनजीलाई विप्लवकोआग्रह– संयमतापूर्वक संवादमा भाग लिनुस्

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनरत पक्ष जेनजीलाई संयमतापूर्वक संवादमा भाग लिन आग्रह गरेका छन्।विप्लवले भने, ‘सरकार विघटन भइसकेको अवस्थामा जेनजीले संयमतापूर्वक संवादमा भाग लिनुस्।’उनले जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको संघारमा पुर्‍याएको उल्लेख गरेका छन्।

२४ भदौ, काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सीले संयमतापूर्वक संवादमा भाग लिन आन्दोलनरत पक्ष जेनजीलाई आग्रह गरेका छन्।

एक भिडियो सन्देशमार्फत् विप्लवले सरकार विघटन भइसकेको अवस्थामा जेनजीले संयमतापूर्वक संवादमा भाग लिन आग्रह गरेका हुन्।