बर्थिङ सेन्टर कुडारीको सेवा अस्त ब्यस्त : खुल्ला आकाश मुनि सुत्केरी हुदै महिला
जुम्ला : तिलागाउँ पालिका तिनमा रहेको बर्थिङ सेन्टर कुडारीमा सुत्केरी हुन आउने गर्भवती महिला खुल्ला आकाश मुनि बच्चा जन्माउन बाध्य छन । २४ घण्टा सुत्केरी सेवा दिनु पर्ने कुडारीको बर्थिङ सेन्टरमा कर्मचारी नबस्दा गर्भवती महिला चिसो भुईका सुत्केरी हुन बाध्य भएका हुन ।
त्यस्तै सुरक्षित प्रसूतिका लागि भन्दै नेपाल सरकारले देशभर स्वास्थ्य केन्द्र र चौकीहरूमा बर्थिङ सेन्टरहरू सञ्चालनमा ल्याएको छ । नेपाल सरकारले घरमा सुत्केरी हुने दर शुन्यमा झार्नका लागी बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन भत्ताको समेत व्यवस्था छ । तर तिला ३मा रहेको बर्थिङ सेन्टर कुडारीमा सुत्केरी हुन आउने महिला बर्थिङ सेन्टर बाहिर धेरै पटक बच्चा जन्माउने गरेको पाइन्छ । बर्थिङ सेन्टरको सञ्चालनका लागि सुरक्षित प्रसूति सम्बन्धी तालिम लिएका दुईजना अनमी आवश्यक हुन्छ ।
त्यस्तै तिलागाउँपालिका तिन जोगीवाडागाउँकी सरस्वती बुढालाई गत्त कात्तिक २८ गते साँझ सुत्केरी ब्यथाले च्यापे पछि सुत्केरी हुनका लागी सोही वाडामा रहेको बर्थिङ सेन्टर कुडारीमा ल्याएको थियो । उनलाई त्यहा ल्याउदा उक्त बर्थिङ सेन्टरमा ताला तलाइएको थियो । सुत्केरी गराने कर्मचारीलाई खोजी गर्दा गर्दै बुढाले खुल्ला आकाश मुनि बच्चा जन्माइन ।
त्यस्तै सुत्केरी ब्यथाले च्यापेको बुहारीलाई सरस्वतीलाई सुरक्षित सुत्केरी गराउनकै लागी बर्थिङ सेन्टर कुडारीमा ल्याएका हरिश्चन्द्र नाथ यौगीले भने,तलब खाने कर्मचारी धेरै देखिन्छ तर सुत्केरी गाराने ठाउमा तला लगाएको देख्दा अच्म्म लाग्यो । यौगीले भने, २४ घण्र्टो बर्थिङ सेन्टर सुत्केरी सेवा दिनका लागी खुल्ला हुन्छ भन्ने सुनेका थियौँ राती ब्यथा लागेपछि ल्याएका हौँ। उनले भने, महिले सम्बन्धीत वडाध्यक्षलाई फोन गरेको थिए । बर्थिङ सेन्टरमा ताला लगाइएको थियो । अनमी चन्द्रवती ढकाललाई बोलाएर ल्याएका थियौँ । ताला तोड्नको लागी वडा अध्यक्षलाई खवर गर्दागर्दै बच्चा बाहिर जन्मीयो । उनले भने,‘वडाध्यक्ष धन बहादुर शाहीले बर्थिङ सेन्टरमा लगाएको ताला खोल्न अनुमती दिनु भयो ।
सुत्केरी भएपछि भित्र लगीयो आइरण चक्की दिने काम गरियो । बच्चा चिसोले निशास्सियोको थियो । घरमा ल्यायर न्यानो बनायौ ।अहिले आमा र बच्चाको अवस्था समान्य छ । त्यो बर्थिङ सेन्टरमा महिले आफैले किनेको ताला गाएको छु ।खोलेको पनि छैन ।अहिले सम्म बन्द । उनले भने, तिला तिनकै नागरिकको हैसियतले महिले छलफल नगरे सम्म ताला नखोल्ने अडानमा रहेको छु । उनका अनुसार सरस्वतीको पहिलो बच्चा थियो ।त्यसकारण पनि स्वास्थ्य संंस्थामा सुत्केरी गाराउनु पर्छ भनेर लिएको थिए ।
त्यस्तै तिलागाउँपालिकाका नर्सिङ इन्जार्च जानकी हितानले बर्थिङ सेन्टर बाहिर सुत्केरी भएको बिषयमा दुख ब्यक्त गरिन ।उनले भनिन,‘महिले गर्ने कुरा सबै भनेको छु तर सधै भरी त्यही बस्न सकिदैन । त्यो बर्थिङ सेन्टरबाट मासिक प्रतिवेदन समेत समयमै नआउने गरेको बताइन ।उनका अनुसार सबै बर्थिङ सेन्टरको प्रत्येक महिनामा अनलाइन रिर्पाेटिङ गर्नु पर्छ ।
तर कार्यारत्त कर्मचारीहरुले त्यो गरेको देखिदैन । अहिले नयाँ स्वास्थ्य संयोजक हर्क बहादुर रावत आएपछि आफै गएर बनाएको बताइन ।उनले भनिन,‘अनमी भनेर चारजना छन । तर दुइजनाले मात्रै सुत्केरी गराउन पाउने छन । एक महिनामा ५ जना भन्दा कम सुत्केरी हुने बर्थिङ सेन्टरम दुइ जना हो । उनले भनिन कुडारी बर्थिङ सेन्टरको सेवा लथालिङ भएको बिषयमा मिटिङ बस्ने बताईन । उनले भनिन त्यहाको हेल्थपोष्ट ब्यवस्थापनको अध्यक्ष वडा अध्यक्ष र इन्र्चाजले टिउयुटि बाँडनु पर्ने हो ।तर त्यो हुन सकेको छैन । त्यहा अर्को इन्चार्ज पठाउने भनेको पनि धेरै भइसक्यो हामीले पालिकामा धेरै पटक भनेका छौ ।
त्यस्तै तिलागाउँपालिकाका तिनका एक नागरिकले नाम नखुलाउने स्वार्थमा भने त्यहा काम गर्ने कर्मचारी सबै पहुँचवालाका मात्रै छन । एक महिनामा तिन दिन जति आउछन हाजिर लगायर जान्छन । तलब त्यो स्वास्थ्य संस्थाबाट खान्छन तर काम मेडिकलको राखेका छन । उनका अनुसार कुडारी स्वाथ्यचौकी धेरै जसो समय समसमा बन्द हुन्छ, कर्मचारीले मेडिकल चलाउछन । नागरिक सिटामोल किन्न मेडिकल आउछन । नागरिकले जति बिरोध गरेपछि केही लाग्दैन ।
त्यस्तै बर्थिङ सेन्टर कुडारीमा कार्यरत्त नर्सिङ कलासा रावल (बानियां)लाई गर्भवती महिलाले बर्थिङ सेन्टर बाहिर बच्चा जन्माएको बिषय नरमल लाग्छ । उनले फोन मार्फत भनिन,सुत्केरी जाहा पनि हुन्छन, घरमा ,बाटोमा ,एम्बुलेसमै पनि हुन्छन ।
यो ठुलो कुरा भएन ।हामी पहिला त्यही हुदा पनि दुइजना बर्थिङ सेन्टर कुडारीको ढोकामा सुत्केरी भएका थिए ।रावलले भनिन,‘हामी कोही सुत्केरी हुन आएको वेला हामीलाई फोन गरेपछि मात्रै जान्र्छौ । यो बिषयमा समाचार लेख्दा तपाइले डिटेल बुझेर लेख्नु होला म अफिस गएर भन्छु । उनको योे भनाइले स्पष्ट हुन्छ की त्यो ठाउका नागरिकले स्वास्थ्य सेवा कति प्रभावकारी रुपमा पाइरहेका छन । त्यहाका जिम्मेवार निकायले किन रमिते बािरहेका छन । स्वास्थ्य सेन्टरमा सेवा लिन आउने नागरिकले फोन गरेर उल्टै सेवादेउ भनेर बोलाउनु पर्ने यो कस्तो बिडम्बना हो ।
त्यस्तै तिलागाउँपालिकाका स्वास्थ्य संयोजक हर्क बहादुर रावतले भने म संयोजक भएको गत्त अशोज २९ गते हो ।तर पालिकाका कार्यकारी भिमा कँडेलले चिठि दिनु भएको छैन । काम गरीरहेको छु । आधिकारीता पाएको छैन । त्यही कारणले समस्या भएको छ । यसको लागी ब्यवस्थापन समितीको यो बिषय बैठक बस्ने भन्ने छ ।
त्यस्तै तिला ३ का वडाध्यक्ष धन बहादुर शाहीले चार्ड पर्व परेकाले यस पटक समस्या भएको बताए । उनले तिहार २९ गते थियो २८ गते रातीको कुरा हो ताला खोल्ने चाबी कार्यालय सहयोगी बिजु उपाध्याय संग रहिछ उहा तिहार मनाउन माइती तिर जानु भएको रहिछ । त्यस पछि सुत्केरी ल्याएका मान्छे मेरोमा आएका थिए ।
महिले सुत्केरीको संवेदानशिल्तालाई मध्यनजरगरी ताला पोड्न लगाएको हु वडाध्यक्ष शाहीले भने। उनका अनुसार यस अघि पनि कुडारी बर्थिङ सेन्टरको सेवा राम्रो नभएको बिषयमा पटकपटक पालिकाका अध्यक्ष , कार्यकारी सहितको बैठक राखेको हो । उनले भने ,‘कुडारी बर्थिङ सेन्टरका कर्मचारीलाई कार्बाही गर्ने अधिकार हामीलाई छैन । ब्यवस्थापट पाटो हेर्ने जिम्मेवारी छ । यसको लागी हामीले धेरै पटक सम्बन्धी ठाउमा भनेका पनि छौँ तर यसको सुनुवाई भएको छैन । त्यस्तै सुरक्षित मातृत्व सेवालाई गुणस्तरीय र पहुँचयोग्य बनाउन जरुरी छ ।